टिममा अनिल र आसिफलाई पाउनु भाग्य हो : पुबुदु दासानायके

टिममा अनिल र आसिफलाई पाउनु भाग्य हो : पुबुदु दासानायके
सुन्नुहोस्

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार दोस्रो जित हात पारेपछि टिमका प्रमुख प्रशिक्षक पुबुदु दासानायकेले नेपालका दुई राम्रा खेलाडी आफ्नो टिममा पर्नु भाग्य रहेको बताए। 

उनले भने, ‘अनिल र आसिफ दुवैलाई एउटै टिममा पाउनु भाग्यको कुरा हो। यी दुई खेलाडीलाई बलरहरुको बारेमा राम्रो जानकारी छ,’ उनले कर्णाली याक्सविरुद्धको खेलमा ८ विकेटको फराकिलो जित पछि भने। टिममा वातावरण निकै राम्रो भएका कारण पनि टिमले चाहेजस्तो नतिजा निकाल्न सकेको दासानायकेले भने, ‘हाम्रो टिम निकै शान्त र शालिन छ। हामीलाई के चाहिन्छ त्यो बारेमा हामीलाई थाहा छ।’

हामलसम्म नेपालको त्रिवी मैदानको पिचमा विदेशी खेलाडीको ब्याट चलेको भनेको पहिलो खेलमा विराटनगर विरुद्ध लाहिरु र हर्षको हो। त्यसबाहेक कुनै पनि ब्याटरले यो पिचमा राम्रो रन बनाउन सकेका छैनन्। यसमा पुबुदुको नजर नपरेको कसरी हुन सक्थ्यो र,  ‘विदेशी खेलाडीलाई यो पिचमा रन बनाउन अझै गाह्रो भइरहेको छ। नेपाली खेलाडीले रन बनाइरहेका छन्। आज पनि घरेलु खेलाडीले राम्रो रन बनाए।’

 टिममा माहोल निकै सन्तुलित रहँदा नतिजा पनि सोचे अनुरुपको आइरहेको दासानायकेले भने, ‘टिमको वातावरण निकै शान्त छ। जसले गर्दा हामीले यो नतिजा ल्याइरहेका छौं। यो नतिजालाई हामी निरन्तरता दिन चाहन्छौं।’ 
आजको खेलमा जनकपुरले १४० र १५० कै हाराहारीमा लक्ष्य सोचिरहेको उनले बताए।  ‘यो मैदानको कन्डिसन मलाई थाहा छ। जसको आधारमा भन्नु पर्दा यो पिचले सुरुवातमा भन्दा चौथो इनिङ्समा राम्रो गर्छ भन्ने थाहा छ,' उनले भने।

हालः टिमका २ मुख्य खेलाडी यु-१९ को राष्ट्रिय जिम्मेवारी निर्वाह गरिरहेका छन्। जसले गर्दा टिममा धेरै विकल्प नरहेको प्रशिक्षक दासानायकेको भनाइ छ। ‘हामीसँग धेरै विकल्प छैनन्। आकाश र हेमन्त बाहिर भएका कारण हामीसँग टिममा खेलाडी परिवर्तन गर्न धेरै विकल्प छैन,’ उनले भने। टिममा हालसम्म शेर मल्ल र तुलबहादुर थापाले खुलेर मौका पाएका छैनन्। यी खेलाडीलाई पनि जिम्मेवारी दिएको खण्डमा उनीहरूले पूरा गर्ने प्रशिक्षक पुबुदुको विश्वास छ। ‘हालसम्म तुल र शेरले खुलेर मौका पाएका छैनन्। उनीहरूले पनि मौका पाउँदा गर्नेछन्,' उनले भने। 

उनले आफ्नो कप्तान अनिल शाहको बारेमा समेत प्रशंसा गरे। उनी भन्छन्, ‘अनिलले मलाई सरप्राइज गरिरहेका छन्। जसरी उनले यो २ खेलमा कप्तानी गरिरहेका छन्, यसले टिमलाई अझ राम्रो बनाइरहेको छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.