प्रधानमन्त्री ओलीले चिनिया राष्ट्रपति र प्रधानमन्त्री भेट्दै

प्रधानमन्त्री ओलीले चिनिया राष्ट्रपति र प्रधानमन्त्री भेट्दै
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली चारदिने औपचारिक भ्रमणका लागि सोमबार साँझ चीनको राजधानी बेइजिङ पुगेका छन्। चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली नेतृत्वको ८७ जनाको टोली चीनको स्थानीय समयअनुसार साँझ ६ बजे बेइजिङ क्यापिटल इन्टरनेसनल विमानस्थल पुगेका हुन्। 

प्रधानमन्त्री ओली नेतृत्वको टोली सोमबार बिहान ११ बजे हिमालय एयरलाइन्सको विशेष चार्टर विमानबाट चीन प्रस्थान गरेको थियो।भ्रमणका क्रममा मंसिर १८ गते मंगलबार चिनियाँ समकक्षी छ्याङले प्रधानमन्त्री ओलीलाई स्वागत गर्ने छन्। तत्पश्चात् दुईपक्षीय वार्ता र हस्ताक्षर समारोह हुने कार्यक्रम छ। 

सरकारले लगेका एजेन्डा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा काठमाडौं चक्रपथ सुधार, चौथो चरणको अरनिको राजमार्ग सुधार, हिल्सा–सिमीकोट सडक आयोजना, कोरोला नाकालाई व्यवस्थित गर्ने विषयसँग सम्बन्धित आयोजना, टोखा–छहरे सुरुङ मार्गलगायत आयोजनामा एमओयू (लेटर अफ एक्सप्रेसन) हुने तय भएको छ।

यसैगरी, बीपी कोइराला क्यान्सर अस्पताल चितवनमा बोन म्यारो ट्रान्सप्लान्ट उपचार पद्धति सुरु गर्नेलगायत आयोजना छन्। एक सय विद्युतीय गाडी, एक सय प्रहरी भ्यान, ५० स्कुल भ्यान, ५० एम्बुलेन्सका लागि पनि प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा सहमति हुनेगरी छलफल अघि बढेको छ।

यस्तै सार्वजनिक सेवा प्रसारण संस्था (रेडियो नेपाल र नेपाल टेलिभिजन) र चाइना मिडिया ग्रुप (सीएमजी) बीच हुने ‘मेमोरेबल अन्डरस्ट्यान्डिङ’ विषयक समझदारीपत्रलाई मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ।

नेपाल सरकार र चिनियाँ सरकारबीच नेपालमा स्वयंसेवी चिनियाँ भाषा शिक्षक तालिम कार्यक्रम परिचालनका लागि पनि सहमति हुने भएको छ।

मन्त्रिपरिषद् बैठकले प्रस्तावित तीन सय मिलियन आरएमबी चिनियाँ युआन बराबरको आर्थिक तथा प्राविधिक अनुदान सहायता स्वीकार गर्न सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ।

सरकारले प्रस्तावित २० मिलियन अमेरिकी डलर नगद अनुदान सहायता स्वीकार गर्ने भएको छ। प्रस्तावित तीन सय मिलियन आरएमबीबराबरको आर्थिक तथा प्राविधिक अनुदान सहायता स्वीकार गर्ने सम्झौता स्वीकृत गर्ने जनाइएको छ। उक्त समझदारीपत्रमा सरकारले  नेपाल सरकारको तर्फबाट परराष्ट्र मन्त्रालयलाई अख्तियारी दिने निर्णय गरेको छ। झापा क्षेत्र नम्बर–५ मा स्पोर्ट्स कम्प्लेक्स डँडेलधुरामा सभाहल बनाउने विषयमा सहमति हुने भएको छ। 

मंगलबार नै प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनफङलाई भेट गर्ने कार्यक्रम छ। जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग पनि प्रधानमन्त्रीको भेट हुनेछ।

कार्यवाहक प्रधानमन्त्रीको जिम्मा सिंहलाई 

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा उनले गर्दै आएका दैनिक प्रशासनिक कामकाज उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी तोकेका छन्। नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको  सिफारिसमा उपप्रधानमन्त्री सिंहले सम्हाल्ने गरी कार्यभार तोकिएको राष्ट्रपति कार्यालयद्वारा  जारी विज्ञप्तिमा उल्लेख छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.