स्थानीय तह उपनिर्वाचन : प्रमुखमा कांग्रेस, एमाले र माओवादी एक–एक

स्थानीय तह उपनिर्वाचन : प्रमुखमा कांग्रेस, एमाले र माओवादी एक–एक
सुन्नुहोस्

काठमाडौं : स्थानीय तहको उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकाको प्रमुखमा कृष्णमान डंगोल विजयी भएका छन्। नेकपा माओवादी केन्द्रका शिवशरण महर्जनलाई पराजित गर्दै नेपाली कांग्रेसका डंगोलले पुरानो विरासत कायम राखेका छन्। निर्वाचनमा कांग्रेसका डंगोलले ५ हजार ३ सय ३४ मत ल्याए भने महर्जनले ४ हजार ५ सय ५५ मत ल्याउँदै दोस्रो स्थानमा पुगे।  २०७९ सालको स्थानीय तहको निर्वाचनमा कीर्तिपुरबाट जितेका राजकुमार नकर्मीको मृत्यु भएपछि रिक्त रहेको प्रमुखको पदमा निर्वाचन गराइएको हो। 

यस निर्वाचनमा सबैभन्दा बढी स्थानमा कांग्रेसले जितेको छ। ४२ स्थानीय तहको विभिन्न पदमध्ये यो समाचार बनाउँदासम्म ३९ स्थानको नतिजा सार्वजनिक हुँदा कांग्रेसले १७ स्थानमा जितेको हो। माओवादी ९ र एमाले ७ स्थानमा जित निकालेको छ। त्यसैगरी जसपा नेपाल २, एकीकृत समाजवादी, नेमकिपा, रास्वपा र  स्वतन्त्र उम्मेदवारले १÷१ स्थानमा मात्रै जितेको छ। नगरपालिकाका प्रमुख १, उपप्रमुख १, गाउँपालिकाका अध्यक्ष २, उपाध्यक्ष ४ तथा वडा अध्यक्ष ३३ जना गरी जम्मा ४१ पदका लागि आइतबार उपनिर्वाचन भएको थियो। मतदानअघि नै एक जना वडा अध्यक्ष निर्विरोध निर्वाचित भएका थिए । चुनावमा राजनीतिक दलका २ सय ७४ र स्वतन्त्र १ सय २ जना गरी जम्मा ३ सय ७६ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए। 

उपप्रमुख, अध्यक्ष र उपाध्यमा कुन पार्टीका कहाँ निर्वाचित रुकुम (पूर्व भाग) को पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रका नरपुरा बुढा विजयी भएकी छन्। उनले एमालेकी केशकुमारी तुलाचनलाई पराजित गरिन्। तुलाचन कांग्रेसको चुनाव चिन्ह रूखबाट निर्वाचनमा उठेकी थिइन्। मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका नमोनारायण माझीले जित निकाले। कांग्रेसका बलराम सरदार थारुलाई उनले पराजित गरे। दैलेखको महाबुँ गाउँपालिकाको अध्यक्षमा एमालेका जंगबहादुर शाही विजयी भएका छन्। उनले कांग्रेसका झलकबहादुर भण्डारीलाई पराजित गरे। 

जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा माओवादीका देवका लामिछानेले जित निकालेकी छिन्। उनले कांग्रेसका इन्द्रा चन्द (सिंह) लाई पराजित गरिन्। एमालेका सुलोचनाकुमारी भण्डारीले बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा विजयी हासिल गरेकी छिन्। उनले कांग्रेसकी पुल्तीसरा शाहीलाई पराजित गरिन्। ३३ स्थानको वडा अध्यक्ष पदमा को, कहाँ निर्वाचित ?   
 
१.काठमाडौं महानगरपालिका–१६ मा रास्वपाकी उम्मेदवार रोजिना श्रेष्ठ
२.कीर्तिपुर नगरपालिका–१ मा कांग्रेसका इच्छाकुमार महर्जन 
३.कीर्तिपुर नगरपालिका–४ मा कांग्रेसका राजेन्द्र बानियाँ
४.नुवाकोटको ककनी गाउँपालिका–२ मा माओवादी केन्द्रका कृष्ण घिमिरे 
५.हेटौंडा उपमहानगरपालिका–१२ को वडाध्यक्षमा कांग्रेसका अर्जुनप्रसाद तिवारी
६.डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ को वडाध्यक्षमा माओवादीका नरबहादुर झाँक्री
७.कालीकोटको तिलागुफा नगरपालिका–४ मा नेपाल मजदुर किसान पार्टीका खड्गराज शाही
८.जाजरकोटको कुशे गाउँपालिका–७ मा कांग्रेसका खम्बबहादुर सिंह 
९.दैलेखको दुल्लु नगरपालिका–१३ को वडाध्यक्षमा एमालेका लालबहादुर शाही
१०.रुकुम (पश्चिम भाग) को सानीभेरी गाउँपालिका–५ मा कांग्रेसका मोतीराम खत्री 
११.ताप्लेजुङको सिरिजंगा गाउँपालिका–३ मा एमालेका कुमारी सावादेन 
१२.झापाको कन्काई नगरपालिका–६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली
१३.तेह्रथुमको लालीगुराँस नगरपालिका–८ मा कांग्रेसका नगेन्द्र लिम्बू 
१४.सुनसरीको गढी गाउँपालिका–६ मा कांग्रेसका तेतर साहु 
१५.ओखलढुंगाको मोलुङ गाउँपालिका–५ मा एमालेका गंगाबहादुर तामाङ
१६.उदयपुरको त्रियुगा नगरपालिका–१२ मा माओवादी केन्द्रका नवीनकुमार वान्तवा राई
१७. सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ को वडाध्यक्षमा जनता समाजवादी पार्टी, नेपालका धीरेन्द्रकुमार साह
१८. सप्तरीका  डाक्नेश्वरी–४ मा जनता समाजवादी पार्टी नेपालका देवेन्द्रप्रसाद यादव
१९.धनुषाधाम नगरपालिका–१ मा माओवादी केन्द्रका सुनील कापर केवट
२०.महोत्तरीको रामगोपालपुर नगरपालिका–२ को वडाध्यक्षमा एमालेका सकिवुल खाँ 
२१.रौतहटको ईशनाथ नगरपालिका–७ मा कांग्रेसका शेख अब्दुल खलिक 
२२.गढीमाई नगरपालिका–८ एकीकृत समाजवादीका बजरंगीप्रसाद यादव
२३.रौटहटकै राजपुर नगरपालिका–६ को वडाध्यक्षमा कांग्रेसका समसे आलम
२४.गोरखाको गोरखा नगरपालिका–५ को वडाध्यक्ष पदमा माओवादीका विष्णुबहादुर मगर
२५.गुल्मीको मुसिकोट नगरपालिका–१ को वडाध्यक्षमा कांग्रेसका आनन्द      श्रेष्ठ
२६.कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१ मा एमालेका मोहमद ताहिर मुसलमान
२७.रोल्पाको रुन्टीगढी गाउँपालिका–४ मा कांग्रेसका भूपमणि पुनमगर 
२८.बर्दियाको ठाकुरबाबा नगरपालिका–४ मा कांग्रेस उम्मेदवार अमिन थारु
२९.बझाङको सूर्मा गाउँपालिका–४ को वडाध्यक्षमा कांग्रेसका धीरेन्द्र पुजारा
३०.डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेसका मोहन थापा  
३१.दार्चुलाको दुहुँ गाउँपालिका–५ मा कांग्रेसका धनसिंह कुँवर
३२. कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाध्यक्षमा कांग्रेसका प्रकाश चन्द
३३. रुकुम (पूर्वी भाग) को पुथा उत्तरगंगा गाउँपालिका—२ को वडाअध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.