बदलिँदो विश्व भूराजनीति
अंकको दुनियाँमा शून्य आफैंको कुनै मूल्य हुँदैन। तर जब यही शून्य कुनै अर्को अंकको पछाडि जोडिन पुग्छ तब दस गुणाका दरले यसको मूल्य बढ्दै जान्छ। ठीक त्यसैगरी विश्व भू–राजनीतिमा आज नेपाल आफैंको त्यति महŒव नहुन सक्थ्यो। तर, जब यही देश चीन र भारतजस्ता दुई उदीयमान शक्ति राष्ट्रसँग जोडिन पुग्यो। र, यी दुवै देश पछिल्लो समय भूराजनीतिक र भू–आर्थिक दृष्टिले प्रभावशाली बन्दै गए तब नेपालको पनि महŒव दोब्बर हुन गयो।
सन् १९९१ मा सोभियत संघको विघटनपश्चात् अत्यन्त कमजोर अवस्थामा रहेको रुस भ्लादिमिर पुटिनको आगमनसँगै विश्व भूराजनीतिमा एक जबरजस्त शक्तिको रूपमा उदायो। सन् २००० को दशकबाट दक्षिण अमेरिकाको सबैभन्दा ठूलो मुलुक ब्राजिल वैश्विक अर्थतन्त्र र भूराजनीतिमा नजरअन्दाज गर्न नसकिने शक्तिको रूपमा देखा प¥यो। यही दशकबाट दक्षिण अफ्रिका, नाइजेरिया, इजिप्टजस्ता अफ्रिकी मुलुकहरू पनि आफ्नो अर्थतन्त्रमा उल्लेखनीय वृद्धि हासिल गर्दै गए। आज अफ्रिकाले गरिरहेको दिगो आर्थिक र जनसांख्यिक विकास हेर्दा सन् २०२३ को अफ्रिकी संघको शिखर सम्मेलनमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले भने जस्तो २१औं शताब्दी साँच्चै अफ्रिकाकै लागि हो जस्तो देखिएको पनि छ। सन् २००० कै दशकबाट फिलिपिन्स, भियतनाम, इन्डोनेसिया, मलेसियाजस्ता आसियान सदस्य राष्ट्रहरू पनि तीव्र गतिको आर्थिक वृद्धि हासिल गर्दै वैश्विक प्रतिस्पर्धामा दरिलो उपस्थिति देखाउँदै गए। सन् २००१ मा विश्व व्यापार संगठनको सदस्यता लिएपश्चात् अन्तर्राष्ट्रिय व्यापार प्रणालीमा चीन द्रुततर गतिमा अघि बढ्यो। जतिबेला संयुक्त राज्य अमेरिका अफगानिस्तान र इराकसँगको द्वन्द्वमा अलमलिरहेको थियो सोही बेला चीन भने अफ्रिका र दक्षिण अमेरिकासम्म आफ्नो व्यापारिक साझेदारी विस्तार गर्दै थियो। फलस्वरूप चीन आज वैश्विक अर्थतन्त्रको मुख्य खेलाडी बन्न पुग्यो। यो सबै घटनाक्रम र पृष्ठभूमिले विश्व भूराजनीतिमा सामूहिक पश्चिमको प्रभुत्व र हैकमको भरपर्दो विकल्पको खोजी हुन थाल्यो। जसले आसियान, अफ्रिकन युनियन र ब्रिक्सजस्ता संगठनहरूलाई अझ बलियो र सशक्त बन्न अनिवार्य भयो।
सन् २०२२ को फेब्रुअरीबाट सुरु भएको रुस–युक्रेन द्वन्द्व, २०२३ अक्टोबरमा देखिएको इजरायल र हमास द्वन्द्व, विश्व व्यापारको करिब १२ प्रतिशत ओगट्ने स्विज नहर अवरुद्ध हुने गरी लालसागरमा भएको हुथी द्वन्द्व अनि इरान र इजरायलबीचको पूर्ण युद्धले विश्व मानचित्रमा दबाबमात्र सिर्जना गरेन। विश्व भूराजनीति, भूरणनीति र वैश्विक व्यापार प्रणालीको तस्बिर नै बेग्लै बनाइदियो। कोरोना महामारीबाट थिलथिलो भएर बल्लतल्ल उठ्दै गरेको विश्वले युद्धको कारण फेरि अर्को महामारी खेप्नु प¥यो। युद्धले विशेष गरेर युरोप, अफ्रिाका र मध्यपूर्वलगायत संसारभर नै खाद्य तथा ऊर्जा सुरक्षामा नयाँ चुनौती थप्नुका साथै बजारमा मुद्रास्फीतिको दर ह्वात्तै बढाइदियो। युरोपियन युनियनबाट बाहिरिएपश्चात् कमजोर बन्दै गएको बेलायती अर्थतन्त्र रुस–युव्रmेन द्वन्द्वका कारण झनै संकटग्रस्त बन्न पुग्यो। यही कारण आज युरोपका अधिकांश राष्ट्र अर्थतन्त्र संकुचनको गम्भीर समस्या भोगिरहेका छन्। चाहे पनि नचाहे पनि रुस–युव्रmेन र मध्यपूर्वको द्वन्द्वले विश्वलाई पश्चिमी खेमा, गैर–पश्चिमी खेमा र तटस्थ गरी तीन गुटमा स्पष्ट सीमांकन गरिदियो। जसले अब आउने दिनहरूमा विश्व शासनको ढाँचालाई नै परिवर्तन गरिदिनेछ।
सन् २००१ मा अर्थशास्त्री जिम ओ निलद्वारा नामांक्रित ब्रिक्सको सोह्रौं शिखर सम्मेलन गत अक्टोबर २२ देखि २४ सम्म रुसको कजानमा आयोजना भयो। उक्त सम्मेलनमा ब्रिक्सको सदस्य, साझेदार र आमन्त्रित गरेर जम्मा ३६ राष्ट्रका राष्ट्रप्रमुख वा प्रतिनिधिहरू एकै टेबल वरपर जम्मा भए। ती ३६ राष्ट्रसँग आज विश्वको ५७ प्रतिशत जनसंख्या, ४६ प्रतिशत क्रयशक्ति र ४० प्रतिशतभन्दा माथिको कुल गार्हस्थ्य उत्पादन छ। योसँगै ब्रिक्ससँग संसारको प्रमुख तेल निर्यातकर्ता, वित्त र व्यापारको वैश्विक हब, उच्च उत्पादकत्व भएको युवा शक्ति, द्रुत गतिको अर्थतन्त्र, नवीन प्रविधियुक्त शैन्य शक्ति तथा भूराजनीति र अर्थराजनीतिका दृष्टिले महŒवपूर्ण स्विज नहर छ।