‘बसियो’ ग्रामीण भ्याकेसन रेन्टल, होटल र लजलाई गर्दै डिजिटल

‘बसियो’ ग्रामीण भ्याकेसन रेन्टल, होटल र लजलाई गर्दै डिजिटल

काठमाडौं : केही महिनाअगाडि मात्र बजारमा आएको नेपालको पहिलो भ्याकेसन रेन्टल एप बसियोले विस्तारै पर्यटन क्षेत्रमा आफ्नो पहिचान बनाउँदै गएको छ। पर्यटन र स्थानीय समुदायबीचको खाडल कम गर्नका लागि बासियोले विश्वव्यापी रूपमा सफल भ्याकेसन रेन्टलको अवधारणालाई नेपालको अनौठोपन र आवश्यकताअनुसार अनुकूल बनाएको छ। यसले ग्रामीण क्षेत्रका होमस्टे साथै साना–ठूला होटल र लजलाई डिजिटल पहुँच प्रदान गर्नुका साथै पर्यटकहरूलाई मौलिक यात्राको अनुभव प्रदान गर्छ।

के हो भ्याकेसन रेन्टल ? 

भ्याकेसन रेन्टल भनेको पर्यटकहरूले छुट्टी मनाउनका लागि सस्तो र आरामदायक विकल्पको रूपमा होमस्टे, निजी घर, लज, फ्ल्याट वा अन्य प्रकारका आवासहरू भाडामा लिने पल्याटफर्म हो। यो परम्परागत होटलभन्दा फरक विकल्प हो जसमा पर्यटकहरूले स्थानीय संस्कृति, खाना, र जीवनशैलीलाई नजिकबाट अनुभव गर्ने अवसर प्रदान गर्छ। यस प्रकारको सेवा विशेषगरी परिवार, साथीहरूको समूह वा लामो समयसम्म बस्न चाहने पर्यटकहरूका लागि लोकप्रिय छ।

नेपालको पहिलो भ्याकेसन रेन्टल प्लेटफर्म ‘बसियो’ ले पर्यटकहरूलाई सुरक्षित, सजिलो र लाभदायक तरिकाले आवासको सुविधा प्रदान गर्दै आएको छ। बसियोले स्थानीय समुदाय, महिलाद्वारा सञ्चालित होमस्टे, सस्तो होटलदेखि पाँचतारे होटलहरूलाई आफ्नो प्लेटफर्ममा समेट्दै नेपालका स्थानीय व्यवसायको डिजिटल पहुँचलाई विस्तार गर्न मद्दत गरिरहेको छ। 

विश्वव्यापी रूपमा भ्याकेसन रेन्टलको बढ्दो ट्रेन्डलाई पछ्याउँदै, बसियोले नेपालका पर्यटक र स्थानीय व्यवसायबीचको पुलको रूपमा काम गरिरहेको छ र नेपालको पर्यटन उद्योगलाई नयाँ युगमा प्रवेश गराउन महŒवपूर्ण भूमिका खेलेको छ।

बसियो आवश्यकता किन ? 

बसियोका प्रमुख कार्यकारी अधिकृत दीपक पौडेल भन्छन्, ‘नेपालमा घुम्न आउने पर्यटकहरूका लागि बजेट–अनुकूल र विश्वासिलो आवास खोज्ने एउटा राम्रो प्लेटफर्मको अभाव थियो। ‘बसियो’ प्लेटफर्म त्यसैलाई मध्यनजर गरेर तयार पारिएको हो, ताकि कुनै पनि पर्यटकहरूलाई नेपाल घुम्दा सानो होमस्टे र लजदेखि ठूला होटल एकै ठाउँमा खोज्न र बुकिङ गर्न सजिलो होस्।’

विदेशी प्लेटफर्महरूबाट बुकिङ गर्दा हरेक वर्ष नेपालबाट ठूलो रकम बाहिर जान्छ। यो नेपालको आर्थिक विकासका लागि पक्कै पनि राम्रो विषय होइन। साथै नेपाली अन्तरिक पर्यटकहरूले विदेशी प्लेटफर्मबाट बुकिङ गरेर पैसा तिर्न आवश्यक पर्ने नेपाली पेमेन्ट गेटवेहरूलाई सपोर्ट गर्दैनन्, जसको कारण ती एपहरू नेपाली प्रयोगकर्ताहरूका लागि उपयोगी हुँदैनन्। त्यसको समाधानका रूपमा बसियोले खल्ती, आईएमी पे र मोरु वालेटजस्ता नेपाली पेमेन्टका विकल्पहरू राखेको छ। साथै, अन्तर्राष्ट्रिय पेमेन्ट सपोर्टको तयारीमा पनि छ ताकि निकट भविष्यमा नै स्वदेश र विदेशमा रहेका नेपालीहरू साथै नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकहरूले बसियोबाट बस्ने स्थानहरू सजिलै बुक गर्न सक्नेछन्। बसियोको विशेषता भनेकै क्यासलेस भुक्तानी प्रणालीलाई प्रवद्र्धन गर्नु हो।

अर्कोतर्फ ‘बसियो’ को उद्देश्य भनेको साना व्यवसायलाई उत्थान गर्दै नेपालको पर्यटन उद्योगलाई दिगो बनाउनु हो। बसियोले आफ्ना होस्टहरूलाई कसरी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्ने, आफ्नो व्यवसायलाई कसरी व्यवस्थापन गर्ने, डिजिटल प्रविधि कसरी अपनाउनेदेखि हस्पिटालिटीसँग सम्बन्धित प्रशिक्षण प्रदान गरेर सेवास्तर सुधार गर्न मद्दत गर्छ। साथै स्थानीय स्तरमा सञ्चालन भइरहेका स–साना व्यवसायहरूलाई व्यावसायिक रूपान्तरण गर्न मद्दत गर्छ। 

बसियोको सुरुवात कसरी भयो ?

अमेरिकीबाट कम्प्युटर साइन्समा पीएचडी गरेक‍ा दाइ डा.रमेश पौडेल र पुल्चोक इन्जिनिएरिङ कलेजबाट कम्प्युटर इन्जिनियरिङमा स्नातकोत्तर गरेका भाइ दीपक पौडेल सूचना प्रविधि क्षेत्रमा एक दशक बिताइसकेका छन्। उनीहरूको सधैं साझा सपना थियो– आफ्नो समाज र समुदायका लागि अर्थपूर्ण काम गर्ने। जब अमेरिका बसाइको क्रममा रमेश भ्याकेसन रेन्टल एपको अवधारणासँग पहिलो पटक परिचित भए, उनी यसमा आकर्षित भए। ‘जहिले म यात्रा गर्थें, म भ्याकेसन रेन्टलमै बस्थें। परम्परागत होटलभन्दा भिन्न, भ्याकेसन रेन्टलमा स्थानीय विशेषता र आकर्षण हुन्छ,’ डा. पौडेल भन्छन्।

‘भ्याकेसन रेन्टल र अनलाइन ट्राभल इजेन्टका लागि विभिन्न एपहरू विश्वव्यापी रूपमा लोकप्रिय छन तर सधैं एउटै कथा दोहोरिन्छ ः ठूल्ठूला प्राविधिक कम्पनीहरूले संसारभरिका देशमा पर्यटन कसरी चल्नुपर्छ भन्ने कुरा एउटा कोठामा बसेर निर्धारण गर्छन्,’ डा. पौडेल भन्छन्, ‘मैले सोच्न थालेँ, भ्याकेसन रेन्टललाई नेपालजस्तो स्थानका लागि कसरी पुनः परिभाषित गर्न सकिन्छ— जहाँ गहिरो परम्परा, सीमित पूर्वाधार र धेरै सम्भावनाहरू भएका तर उपयोग नगरिएका पर्यटन उद्योग छन्।’

डा. पौडेलले आफ्नो विचार आफ्नो भाइ, दीपकसँग बाँडे। दीपक नेपालकै प्रतिष्ठित सफ्टवेयर कम्पनीमा वरिष्ठ सफ्टवेयर डेभलपरको रूपमा काम गरिरहेका थिए। प्रविधिप्रतिको साझा रुचि र केही अर्थपूर्ण निर्माण गर्ने लक्ष्यले उनीहरूलाई एकै ठाउँमा ल्यायो। दुई वर्षको मेहनतको परिणामस्वरूप बसियो बनेको छ, जसले नेपालको पर्यटन क्षेत्रलाई रूपान्तरण गर्ने सम्भावना बोकेको छ।

नेपालको सन्दर्भमा भ्याकेसन रेन्टललाई सीधै बुझ्ने हो भने होमस्टे नै हो। भ्याकेसन रेन्टल एप भने पनि बसियोमा होेटेल, लज र रिजोर्ट समावेश गर्नुको कारण प्रस्ट्याउँदै सीईओ दीपक भन्छन्, ‘सुरु गर्दा हामीले बसियो होमस्टेका लागि भनेर सुरु गारेको थियौं तर पछि बुझ्दै जाँदा नेपालमा होटल र लजहरूले पनि आन्तरिक पर्यटकलाई अनलाइनमार्फत सेवा दिन नसकेको कुरा थाहा पाएपछि, बसियोमा होमस्टे र निजी बसोबास मात्र नभई, सबै प्रकारका आवासीय सम्पत्तिहरूको समन्वित बुकिङ प्लेटफर्मको रूपमा विकास गर्नुपर्ने सोच आयो,’ उनी थप्छन्, ‘अलिकति बढी समय लगाएर भए पनि अहिले हामीले पर्यटन क्षेत्रले गर्व गर्न सक्ने पूर्ण प्लेटफर्म तयार गरेका छौं।’

‘पर्यटन नेपालको सबैभन्दा ठूला आर्थिक चालकहरूमध्ये एक हो, तर धेरैजसो समुदाय यसबाट वञ्चित छन्,’ दीपक भन्छन्, ‘बसियोको लक्ष्य पर्यटनलाई विकेन्द्रित बनाउनु हो। हामी चाहन्छौं, पर्यटकहरू केवल काठमाडौं र पोखरामात्र हैन अन्नपूर्ण क्षेत्रमा एउटा सानो गाउँ भ्रमण गरुन्, बर्दियाका थारू बस्ती घुमून्, स्थानीय घरमा बसून् र सीधै त्यहाँका परिवारको जीवनयापनमा योगदान पु¥याउन सकून्।’

‘हाम्रो लक्ष्य केवल भ्याकेसन रेन्टल प्लेटफर्म निर्माण गर्नु मात्र थिएन—हामीले नेपालका लागि दिगो र समावेशी पर्यटन इकोसिस्टम निर्माण गर्न चाहन्थ्यौं, जसले पुस्तौंसम्म नेपाली पर्यटन व्यवसाहीलाई सशक्त बनाउन सक्छ,’ दुवै सहसंस्थापकले एक स्वरमा भने।

अहिले बसियोमा चितवन, पोखरा, काठमाडौं र बुटवल गरी पाँच सयभन्दा धेरै आवास र ८ हजार कोठाहरू उपलब्ध छन्। सन् २०२५ को अन्त्यसम्ममा त्यो संख्यालाई १ हजार आवास र १५ हजार कोठासम्म पु¥याउने लक्ष्य छ।

बसियोको मुटु भनेको ‘सशक्तीकरण’ हो। नेपालमा पर्यटन उद्योगलाई सही ढंगले सञ्चालन गर्न सके पर्यटनको मूलधारभन्दा बाहिरका स्थानीय व्यवसायीलाई प्रत्यक्ष लाभ दिन पनि सकिन्छ। ‘अझ धेरै पर्यटकले अर्गानिक अनुभव खोजिरहेका छन्। उनीहरू स्थानीयजस्तै बाँच्न, संस्कृतिलाई बुझ्न र आफू जाने स्थानहरूमा योगदान गर्न चाहन्छन्,’ डा. पौडेल भन्छन्, नेपालमा यस्ता अर्गानिक बसोबास प्रशस्त छन् र बसियो त्यसको प्रवेशद्वार हो।’

यी दुई नवप्रवर्तकहरूका लागि बसियो केवल व्यापारिक योजना मात्र होइन, यो उनीहरूको शिक्षा, अनुभव र सीपलाई प्रयोग गरी आफ्नो समुदायमा योगदान दिने माध्यम हो।

कसरी गर्ने बुकिङ ? 

बसियो एप खोल्नुहोस् र तपाईंले जान चाहेको गन्तव्य (जस्तै पोखरा, काठमाडौं, चितवन, बुटवल) चयन गर्नुहोस्। त्यसपछि, तपाईंले स्थानको आधारमा हटलहरूको सूची देख्न सक्नुहुन्छ। उपलब्ध आवासहरूको सूचीबाट तपाईंको मनपर्ने आवास चयन गर्नुहोस्। चयन गरेको होटल वा आवासको बारेमा विस्तृत जानकारी जस्तै कोठाको प्रकार, मूल्य, सुविधाहरू, र ग्राहकहरूको प्रतिक्रिया पढ्नुहोस्। तपाईंको मनपर्ने होटलमा जानुहोस् र ‘बुक नाऊ’ बटनमा क्लिक गर्नुहोस्। त्यसपछि पेमेन्ट प्रक्रिया पूरा गर्नुहोस्। तपाईंको सुविधाअनुसार पेमेन्ट विधि चयन गर्नुहोस्। बुकिङ गर्दा पैसा पूर्ण अथवा आंशिक रूपमा तिर्नपर्ने हुन्छ। पेमेन्ट सफल भएपछि तपाईंलाई बुकिङको कन्फर्मेसन नोटिफिकेसन इमेल र मोबाइलमा प्राप्त हुनेछ। यसरी, बसियोबाट होटल बुक गरी तपाईंको यात्रालाई सहज बनाउन सक्नुहुन्छ। हाल नयाँ ग्राहकलाई लक्षित गरेर आकर्षक छुट, रेफरल पुरस्कार र बुकिङ क्यासब्याकजस्ता सुविधा उपलब्घ छन्।

बसियोमा आवास कसरी सूचीबद्ध गर्ने ? 

व्यवसायीहरूका लागि बसियोले छुट्टै वेबसाइट दिएको हुन्छ। व्यवसाहीहरूले आफ्नो आवासलाई बसियो एपको होस्टिङ मोडमा गएर पनि सूचीबद्ध गर्न सक्छन्। यसका लागि कुनै पनि शुल्क लाग्दैन। एप वा वेबसाइटमा लग इन् गरेपछि, तपाईंले आफ्नो ड्यासबोर्डमा विकल्प देखिने छ। त्यसमा क्लिक गर्नुहोस्। आवास थप्ने पृष्ठमा, तपाईंले आफ्नो आवासको नाम, स्थान, प्रकार (जस्तै होमस्टे, होटल, लज) कोठा संख्या, सुविधा, स्पष्ट र आकर्षक तस्बिर, दैनिक भाडा दर, नियम र अन्य महŒवपूर्ण जानकारी थप्नुहोस्। आवास थपेपछि बसियोको टिमले तपाईंको आवासको व्यवसाय दर्तालगायत अन्य विवरण सही र विश्वसनीय भए नभएको प्रमाणीकरण गर्छ। त्यसपछि, आवास बसियो प्लेटफर्ममा सूचीबद्ध हुनेछ र पर्यटकहरू यसलाई बुक गर्न सक्नेछन्। 

यदि तपाईं आफ्नो आवास बसियोमा सूचीबद्ध गर्न चाहनुहुन्छ भने, तपाईं बसियोसँग सम्पर्क गर्न सक्नुहुन्छ। कष्टमर सपोर्ट टोलीले हरेक प्रक्रियालाई सहजीकरण गर्नेछन्।

जसरी बसियो बिस्तारै अघि बढ्दैछ, पर्यटकलाई नेपालको अनुभव गर्ने तरिकामा मात्र परिवर्तन गरिरहेको छैन, स्थानीय समुदायका लागि पर्यटनको भविष्यलाई पनि रूपान्तरण गरिरहेको छ। तपाईं पनि घुम्न जानु अगाडि कोठा बुकिङका लागि बसियो एपलाई गुगल प्ले स्टोर र एप्पल एप स्टोरबाट डाउनलोड गर्न सक्नुहुन्छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.