प्रधानमन्त्री ओलीद्वारा चिनियाँ जनक्रान्तिका सहिद स्मारकमा पुष्पहार अर्पण
काठमाडौं : चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ जनक्रान्तिका सहिदका स्मारकमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली प्रकट गरेका छन् ।
प्रधानमन्त्री ओलीले बेइजिङको तियानमेनस्क्वायरस्थित चिनियाँ जनक्रान्तिका सहिदहरुको स्मारकमा पुष्पहार अर्पण गरेका हुन्। त्यसअघि प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी लीसँग भेटवार्ता गरेका थिए। सो क्रममा दुई देशका प्रधानमन्त्रीबीच नौ बुँदे सहमतिमा हस्ताक्षर भएको छ।
चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली सोमबार बेइजिङ गएका हुन् । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले आजै चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्रमन्त्रालयले जनाएको छ।
प्रधानमन्त्री ओली नेतृत्व मंसिर २० गते स्वदेश फर्कने तालिका छ ।