पावरप्लेमा चितवनको मध्यम सुरुवात
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत मंगलबारको दोस्रो खेलमा चितवन राइनोजले मध्यम सुरुवात गरेको छ। चितवनले पावरप्लेमा चितवनले ३ विकेट गुमाउँदै ५० रन बनाएको छ।
पहिलो ओभरको पाँचौं बलमा विपिन खत्रीले दीपक बोहोरालाई २ रनमाबोल्ड गरे। दोस्रो विकेटको रूपमा हसन इसाखिल १० बलमा १ चौका र १ छक्कासहित १४ रन बनाए। विपिनले उनलाई कुशल भुर्तेलको हातमा क्याच गराए।
तेस्रो विकेटको रूपमा लुक बेन्केन्स्टाइन १३ बलमा १ चौका र २ छक्का प्रहार गरी १६ रनमा बस डी लिडेको बलमा कुशल भुर्तेलको हातबाट क्याच आउट भए। हालः क्रिजमा कुशल मल्ल १२ र रवि बोपारा ४ रनमा खेलिरहेका छन्।