पत्रकार महासंघ बागमती प्रदेश र मकवानपुर शाखामा प्रेस चौतारीले लगायो ताला

पत्रकार महासंघ बागमती प्रदेश र मकवानपुर शाखामा प्रेस चौतारीले लगायो ताला
तस्बिर : अन्नपूर्ण

हेटौंडा  : नेपाल पत्रकार महासंघको सदस्यता वितरणमा पत्रकार महासंघले पक्षपात गरेको भन्दै बागमती प्रदेश पत्रकार महासंघको कार्यालय  र  मकवानपुर शाखाको कार्यालयमा प्रेस चौतारीले ताला लगाएको छ । बुधबार बिहान  महासंघका दुईवटा कार्यालयमा तालाबन्दी गरिएको हो ।

 प्रेस चौतारी मकवानपुर शाखाको अगुवाइमा महासंघको कार्यालयमा तालाबन्दी गरिएको हो । प्रेस चौतारीले नेपाल पत्रकार महासंघ बागमती प्रदेश समिति र नेपाल पत्रकार महासंघ मकवानपुर शाखामा तालाबन्दी गरेको  प्रेसचौतारी मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले बताए । 

पक्षपाती ढंगले क्रियाशिल पत्रकारको सदस्य वितरणमा महासंघ मकवानपुर शाखा, बागमती प्रदेश समिति र केन्द्रीय समितिले समेत वेवास्ता गरेको र पत्रकारिता क्षेत्रमा कामै नगरेकाहरुलाई महासंघको सदस्यता बनाएको भन्दै अनिश्चितकालिन तालाबन्दी गरिएको  उनले बताए ।

प्रेस चौतारीले यस्ता मागहरू राख्दै तालाबन्दी गर्दै आएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.