चितवनको चौथो विकेट पतन, कप्तान मल्ल ३८ रनमा आउट
काठमाडौं : चितवन रोइनोजको चौथो विकेट पतन भएको छ। कप्तान कुशल मल्ल ३८ रन बनाएर पेभेलियन फर्किएका छन्।
उनले २३ बलमा १ चौका र ४ छक्का प्रहार गरे। यसअघि हसन इस्खिल १४, दीपक बोहोरा २ र लक बेन्केन्स्टीन १६ रन बनाएर आउट भएका थिए।