अशक्तलाई ह्विल चियर र नगद वितरण
धरान : अन्तर्राष्ट्रिय अपांग दिवसका अवसरमा खोटाङमा ह्विल चियर र नगद वितरण गरिएको छ। खोटाङको दिक्तेल रुपाकोट मझुवागडी नगरपालिकाले वडा नम्बर-१ का दुई अशक्त व्यक्तिलाई ह्विल चियर वितरण गरेको हो।
दिक्लेल आचार्य गाउँका अशक्त शान्तिराम आचार्यलाइ ह्विल चियर एकथान र ५ हजार तथा युवराज आचार्यलाई एकथान थर्मस, टनेल वितरण गरिएको दिक्तेल-१ का वडाअध्यक्ष नवराज राईले बताए। करुणा फाउन्डेसनको सहयोगमा दिक्तेलका मेयर तिर्थराज भट्टराईले सामग्री वितरण गरेका थिए।