चितवनले पोखरालाई दियो १६२ रनको लक्ष्य

चितवनले पोखरालाई दियो १६२ रनको लक्ष्य
सुन्नुहोस्

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई १६२ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभर ७ विकेट गुमाउँदै १६१ रन बनायो। 

पावरप्लेमा चितवनले ३ विकेट गुमाउँदै ५० रन बनाएको थियो। त्यसपछि चितवनको स्कोर उकास्न चौथो विकेटका लागि कप्तान कुशल मल्ल र रवि बोपाराले ६८ रनको साझेदारी गरेका थिए।  
व्याक्तिगत तर्फ चितवनका लागि रवि बोपाराले ५१ रन बनाए। पहिलो ओभरको पाँचौं बलमा विपिन खत्रीले दिपक बोहोरालाई २ रनमाबोल्ड गरे। 

दोस्रो विकेटको रूपमा हसन इसाखिल १० बलमा १ चौका र १ छक्का सहित १४ रन बनाए। विपिनले उनलाई कुशल भुर्तेलको हातमा क्याच गराए। तेस्रो विकेटको रुपमा लुक बेन्केन्स्टाइन १३ बलमा १ चौका र २ छक्का प्रहार गरि १६ रनमा बस डी लिडेको बलमा कुशल भुर्तेलको हातबाट क्याच आउट भए।
 
रवि बोपाराले १५.३ ओभरमा ३६ बलमा समान ३ चौका र ३ छक्कासहित ५० रन पूरा गरेका हुन्। सोही ओभरको अन्तिम बलमा ठुलो सट खेल्ने धुनमा उनी क्रिच्लेको हातबाट क्याच आउट भए। १६.२ ओभरमा बास डी लेडेले सोहिल तान्भिरलाई डक आउट गरे। 

सातौं विकेट सन्तोष कार्कीको गयो। उनी १३ बलमा ११ रन बनाएर रेफरको बलमा विपिन कार्कीको हातमा क्याच भए। पोखराका लागि बास डी लेडे, रेमोन रेफर र विपिन खत्रीले समान २/२ विकेट लिए। 
सागर ढकालले १ विकेट लिए। आजको पहिलो खेलमा सुदूरपश्चिमले विराटनगर किङ्ग्सलाई ९० रनले हराएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.