उपनिर्वाचनबाट माओवादी उत्साहित

उपनिर्वाचनबाट माओवादी उत्साहित
सुन्नुहोस्

काठमाडौं : नेकपा मा‌ओवादी केन्द्रले स्थानीय तह उपनिर्वाचनको नतिजाबाट पार्टीले उत्साहजनक सफलता प्राप्त गरेको बताएको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार एक प्रेस व्यक्तव्य जारी गर्दै निर्वाचित जनप्रतिनिधिको संख्या र जनमत दुवै हिसाबाट पार्टीले उत्साहजनक सफलता हाँसिल  गरेको उल्लेख गरेका छन्। स्थानीय तह उपनिर्वाचनमा माओवादीले एक अध्यक्ष,तीन उपप्रमुख र ७ वडाअध्यक्षसहित ११ स्थान जितेको छ।

प्रचण्डले जनताको जीवनस्तर बदल्ने अभियानलाई दृढतापूर्वक अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन्। पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले उपनिर्वाचनलाई भ्रष्टाचार र सुशासनका पक्षको नयाँ संकल्पका रुपमा लिएको बताएका छन्।

'हाम्रो पार्टीले यो निर्वाचनलाई भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षको नयाँ सङ्कल्पको रुपमा लिएको थियो । खासगरी हाम्रो पार्टी नेतृत्वको सरकारले अघि सारेको सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको एजेण्डालाई जनस्तरसम्म पुर्याउँदै पार्टीको आगामी बाटो र दृष्टिकोण सुस्पष्ट गर्ने अवसरको रुपमा उपनिर्वाचनलाई लिएका थियौं । निर्वाचित जनप्रतिनिधिको संख्या र जनमत दुबै हिसाबबाट पार्टीले उत्साहजनक सफलता प्राप्त गरेको छ ,'प्रचण्डले प्रेस वक्तव्यमा भनेका छन्,' विभिन्न स्थानमा बनेका अवाञ्छित गठबन्धनलाई समेत चिर्दै जनताले प्रकट गरेको उत्साहपूर्ण समर्थनलाई हाम्रो पार्टी उच्च सम्मान गर्दछ । यसबाट हाम्रो पार्टीले अघि सारेका एजेण्डा र अघि बढाउन खोजेको अभियानको जनताले अनुमोदन गरेको पुष्टि भएको छ ।'

उनले  संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ बनाउन र  राज्यबाट हुने सेवा प्रवाहलाई सरल र सहजरुपमा जनताको घरदैलोमा पुर्‍याउन महत्वपूर्ण दायित्व स्थानीय सरकारको काँधमा रहेको बताए। उनले भनेका छन्,' नेपाली जनताले गरेका विभिन्न आन्दोलनबाट प्राप्त राजनीतिक उपलब्धिहरुको रक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ बनाउन,फेरिएको व्यवस्थाअनुरुप जनताको अवस्था बदल्न र राज्यबाट हुने सेवा प्रवाहलाई सरल र सहजरुपमा जनताको घरदैलोमा पुर्‍याउन महत्वपूर्ण दायित्व स्थानीय सरकारको काँधमा छ । '

अध्यक्ष प्रचण्डले स्थानीय तहमा माओवादी केन्द्रले उत्कृष्ठ कार्य सम्पादन गर्दै आएको दावी गर्दै आगामी दिनमा पनि  उत्कृष्ट काम गर्ने बताए। उनले उपनिर्वाचनमार्फत् जनताले प्रकट गरेको अभिमतलाई पार्टीले  प्रतिष्पर्धा गर्न प्राप्त गरेको जनादेशका रुपमा लिएको बताएका  छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.