स्वतन्त्र कानुन व्यवसायी मञ्चले बारलाई किन बुझायो ज्ञापनपत्र ?

स्वतन्त्र कानुन व्यवसायी मञ्चले बारलाई किन बुझायो ज्ञापनपत्र ?
सुन्नुहोस्

काठमाडौं : न्याय परिषद् सदस्य नियुक्तिमा पारदर्शीता कायम हुनुपर्ने माग राख्दै स्वतन्त्र कानुन व्यवसायी मञ्चले नेपाल बार एशोसिएसनलाई ज्ञापनपत्र बुझाएको छ । बार एशोसिएसनका तर्फबाट न्यायपरिषद् सदस्य सिफारिस गर्दा सार्वजनिक सुनुवाई गर्नुपर्ने र पारदर्शीता कायम हुनुपर्ने माग राख्दै मञ्चले ज्ञापन पत्र बुझाएको हो ।

 त्यस्तै, मञ्चले इकाई बार एशोसिएसनको सदस्यता लिन कानुन व्यवसायीले सदस्यता फर्म बुझाउन सिफारिस गर्नुपर्ने, जिल्ल तथा उच्च अदालत बार इकाईको सदस्यता लिँदा आवश्यक कागजात,योग्यता र दस्तुरमा एकरुपता कायम गर्नुपर्ने माग समेत राखेको छ । 

त्यस्तै,निर्वाचनमा प्रयोग हुने मतपत्रमा प्यानल अनुसार सिरियल राख्ने व्यवस्था हटाई नाम अनुसार व्यवस्था गर्नुपर्ने समेत मञ्चले माग राखेको छ । मञ्चको ज्ञापन पत्र बुझ्दै बार अध्यक्ष गोपालकृष्ण घिमिरेले न्याय परिषद्मा कुनै दाग नलागेको र सिनियर कानुनविदलाई पठाउने कोशिस गरेको बताए । न्याय परिषद् सदस्यका विषयमा सुनुवाइ गर्ने विषयमा बार सकारात्मक रहेको उनको भनाइ छ । 

मञ्चले आफ्ना मागका विषयमा मंसिर २६ गतेभित्र सुनुवाइ नभए पुस १ गतदेखि बारमा अनिश्चितकालीन धर्ना दिने,पुस ३ गते बार अध्यक्षको कार्यकक्षमा तालाबन्दी गर्ने र पुस ५ गते बारको मुल प्रवेशद्वारमा तालाबन्दी गर्ने चेतावनी दिएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.