अनलाइन जुवा प्रकरणमा पक्राउ परेकामाथि अनुसन्धान गर्न अदालतले दियो ५ दिनको म्याद
काठमाडौं : अनलाइन जुवा खेलाएको आरोपमा पक्राउ परेका चारजनालाई अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंले पाँच दिनको म्याद दिएको छ।
कीर्तिपुरस्थित खेल मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा अनलाइन जुवा खेलाएको आरोपमा चारजना भारतीय पक्राउ पक्राउ परेका थिए। सीआईबीका प्रवक्ता होविन्द्र वोगटीले अनलाइन जुवा खेलाएको आरोपमा पक्राउ परेका चारजनामाथि अनुसन्धान गर्न अदालतबाट पाँच दिनको म्याद थप भएको हो।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले सोमबार दुईजना र मंगलबार दुईजना गरी चारजना भारतीय नागरिकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुमन घोस ,अमित यादव, सुमन्त कुमार र बज्रेस कुमार पक्राउ परेका हुन्।
पक्राउ परेकाले स्पोर्टस बाजी,प्रोभोलगायतका एपबाट बेटिङ गराउने गरेको अनुसन्धानबाट खुलेको छ ।