झापामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

झापामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

झापा : झापाको मेचीनगरमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा भद्रपुर नगरपालिका-१० का ५५ वर्षीय किसन न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

पूर्व पश्चिम राजमार्ग अन्तर्गत मेचीनगर नगरपालिका-११ तेलिबारीमा मंगलबार दिउँसो साढे १२ बजेको समयमा बागमती प्र-०१-००६ ख ४९०९ नम्बरको बससँग मे १० प ३५७२ नम्बरको मोटरसाइकल ठोकिँदा दुर्घटना भएको थियो। दुर्घटनामा घाइते मोटरसाइकल चालक  न्यौपानेलाई बीएण्डसी अस्पताल बिर्तामोड पुर्‍याएलगतै चिकित्सकले मृत घोषित गरिदिएको प्रहरीले जनाएको छ। 

बस र बस चालक उदयपुर चौडण्डीगढी नगरपालिका-६ का ४२ विजयकुमार यादव र मोटरसाइकल इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.