बारपाकमा गाडेको अबस्थामा किशोरीको शव भेटियो

बारपाकमा गाडेको अबस्थामा किशोरीको शव भेटियो
सुन्नुहोस्

गोरखा : शनिबारदेखि हराइरहेकी बारपाककी किशोरी मृत भेटिएकी छिन्। बारपाकसुलिकोट गाउँपालिका–१ की १८ वर्षीय सुचिना घले मंगलबार जंगलमा खाल्डोमा गाडिएको अवस्थामा भेटिएकी प्रहरीले जनाएको छ। 

घाँस काट्न भनी घरबाट निस्किएकी उनी साँझसम्म पनि घर नफर्केपछि स्थानीय र आफन्तले खोजी गरेका थिए। आफन्तले खोजी गरिदिन भन्दै बारपाक प्रहरी चौकीमा निवेदन पनि दिएका थिए। प्रहरी र स्थानीय मिलेर खोजतलास गर्ने क्रममा मंगलबार जंगल नजिकै ती युवतीको शव फेला परेको एसपी वासुदेव पाठकले बताए। 

घटना शंकास्पद भएकाले थप अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालय पोखराबाट तालिम प्राप्त कुकुरसहितको विशेषज्ञ टोली र जिल्ला प्रहरी कार्यालयबाट डीएसपी इन्द्रप्रसाद सुवेदी नेतृत्वको टोली घटनास्थलमा परिचालन गरिएको उनले बताए। 

धार्चे ६ काशिगाउँ माइत भएकी घलेको शव माइती पक्ष आएपछि मात्र निकालिने एसपी पाठकले जानकारी दिए। ‘धार्चेको काशिगाउँबाट माइती पक्ष आउँदै हुनुहुन्छ, उहाँहरू आएपछि मात्र शव निकाल्छौँ,’ उनले भने। 

युवतीको हत्या भएको स्थानीयको दावी छ। डोकोभित्र राखेर स्याउलाले पुरेको अवस्थामा शव देखिएको र टाउकोमा धारिलो हतियारको चोट समेत रहेको स्थानीयले बताएका छन्। घटनास्थल नजिकै केही कपाल, रगत र डोको भेटिएको प्रहरीले समेत जनाएको छ। घटना शंकास्पद भएकाले हत्या पनि हुन सक्ने प्रहरीको अनुमान छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.