मतदाताको मत

मतदाताको मत
सांकेतिक तस्बिर।
सुन्नुहोस्

निकै महत्त्वका साथ हेरिएको स्थानीय तहको उपचुनावको नतिजा सार्वजनिक भएको छ। पूर्वदेखि पश्चिमसम्मको ४४ पदमा भएको निर्वाचनमा प्रमुख तीन दलकै वर्चस्व देखिएको छ। निर्वाचनमा ३८ पदमा सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमाले तथा विपक्षी दल नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भए। चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले एक वडामा मात्रै जित हासिल गरेको छ।

लामो समय प्रमुख राजनीतिक शक्तिमा रहेका तीन दलले नयाँ स्थानमा जित हासिल गरेका छन्। यसबाट मतदाताले कार्यशैली परिवर्तन गर्न सन्देश दिएका छन्। गठबन्धन बनाएर चुनावमा गएका दलहरू यो पटक एक्लाएक्लै थिए। एक्लाएक्लै हुँदा पनि तीन दल नै प्रमुख शक्तिमै रहेको देखियो। यसले नयाँ दललाई मतदाताले विश्वास गर्ने अवस्था सिर्जना अझै नभएको देखाउँछ। रास्वपा र जनमत २०७९ को चुनावमा नयाँ उदाएका दल हुन्। रास्वपाले काठमाडौं १६ मा सान्त्वना जित दर्ता गर्दा जनमत भने रित्तो हात बन्यो। 

४४ पदको चुनाव हुँदा कांग्रेसले १९ पदमा जित हासिल गरेको छ। माओवादीले ११ र एमालेले ८ पद जितेका छन्। पछिल्लो चुनावमा जितेका अधिकांश स्थानमा सबै दलले हार बेहोरेका छन्, भने अर्काे स्थानमा जितेर क्षतिपूर्ति भरेका छन्। कांग्रेसले २४ पदमा जितेको क्षेत्रमा चुनाव हुँदा १९ पदमा मात्रै जित्यो। उपचुनावले माओवादीलाई फाइदा भएको छ। मोरङको ग्रामथानको अध्यक्ष र जाजरकोटको नलगाडको उपप्रमुख माओवादी जित्यो। गठबन्धन बनाउँदा यी पालिका कांग्रेसले जितेको थियो।

उपचुनावले स्थापित राजनीतिक दलहरूलाई नै मतदाताले भरोसा गरिरहेको देखिन्छ। पदहरूमा पार्टी परिवर्तन हुँदा कार्यशैली र नीति कार्यक्रममा मतदाता असन्तुष्ट छन् भन्ने कुरा राजनीतिक दलले बुझ्नुपर्छ। नयाँ शक्तिहरूलाई विश्वास गर्न मतदाताले सकिरहेका छैनन् भन्ने सन्देश पनि उपचुनावको छ। जस्तो, ४४ पदमध्ये २३ स्थानमा रास्वपाले उम्मेदवारी दिएको थियो। एउटा स्थानमा मात्रै चुनाव जित्नु र अन्य स्थानमा जमानत नै जफत हुनुले चौथो दलप्रतिको लहरबाट मतदाता फर्किएको सन्देश दिन्छ। यसले रास्वपालाई संगठन निर्माण र नीति कार्यक्रमलाई फेरबदल गर्न सुझाएको पनि छ।

मिसन ८४ को प्रचारमा रहेका दलहरूलाई मतदाताले विकास योजनाका महत्त्वपूर्ण कार्यक्रम बनाएर मात्रै घरदैलोमा आउन आग्रह गरेका छन्। संगठन चुनाव जित्ने आधार हो, तर कार्यक्रमबिना चुनाव जितिँदैन भन्ने दलहरूले बुझ्नुपर्छ। अघिल्लो चुनावमा एउटा दल जिताउने मतदाताले आउने चुनावमा अर्को दलमात्रै होइन, एजेन्डा हेरेर मत हाल्छन् भन्ने हेक्का हुनैपर्छ। जेसुकै भए पनि अहिलेका प्रमुख तीन शक्तिमै मतदान गर्न मतदाता इच्छुक देखिएकाले दलहरूले कार्यशैली सुधार गरेर देश विकासको योजना ल्याउनुपर्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.