काठमाडौं गुर्खाजले टस जितेर फिल्डिङ रोज्यो
काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल) को चौथो दिन बुधबारको पहिलो खेलमा काठमाडौं गुर्खाजले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको छ ।
कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा काठमाडौंका कप्तान करण केसीले टस जितेर कर्णालीलाई ब्याटिङको निम्तो दिएका हुन् ।
यी दुवै टोली पहिलो खेलमा पराजित भएका थिए । आजको खेल जित्नु दुवै टिमका लागि महत्त्वपूर्ण छ ।
काठमाडौँ पहिलो खेलमा चितवन राइनोजसँग पाँच विकेटले पराजित भएको थियो भने कर्णाली जनकपुर बोल्टस्सँग आठ विकेटले पराजित भएको थियो ।
कर्णालीको टोली कप्तान सोमपाल कामीसहित शिखर धवन, गुल्सनकुमार झा, अर्जुन घर्ती, विपिनप्रसाद शर्मा, भुवन कार्की, नन्दन यादव, चाडविक वाल्टन (विकेटकिपर), देव खनाल, बाबर हायत र जिसन मक्सुद छन् भने काठमाडौँको टोलीमा कप्तान करण केसीसहित भीम सार्की, साहव आलम, शङ्कर राना, रसिद खान, सुमित महर्जन, दिपेश कँडेल, माइकल लेभिट, स्टेफन स्किनाजी (विकेटकिपर), जेरार्ड इरास्मस र नाथन सोउटर छन् ।