१० ओभरमा कर्णालीको ५७ रन

१० ओभरमा कर्णालीको ५७ रन
सुन्नुहोस्

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा बुधबार भएको पहिलो खेलमा कर्णाली याक्सले १० ओभरमा ५७  रन पूरा गरेको छ। 

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर ब्याङिको निम्तो पाएको कर्णालीले पावरप्लेमा २ विकेट गुमाएर ३९ रन बनाएको थियो। 

त्यसमा १८ रन थप्दै कर्णालीले १० ओभरमा थप १ विकेट गुमाउँदै १८ रन थप्यो। पहिलो विकेटका रूपमा कर्णालीले देव खनाललाई गुमायो। उनी पहिलो ओभरको तेस्रो बलमा करण केसीबाट एलबीडब्ल्यु आउट भए। 

दोस्रो विकेटका रूपमा कर्णालीले चार्डविक वाल्टनको विकेट गयो। उनले १५ बलमा ५ चौकासहित २१ रन बनाएर करण केसीको बलमा गेरहार्ड इरास्मसबाट क्याच आउट भए। 

दिपेश कँडेलले बाबर हायातलाई १३ रनमा बोल्ड आउट गरे। हायातले १८ बलमा १ छक्का प्रहार गरे। पहिलो खेलमा कर्णाली याक्स जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो । त्यस्तै काठमाडौं गुर्खाज भने चितवनसँग ५ विकेटले पराजित भएको थियो। बुधबारको दोस्रो खेल लुम्बिनी लायन्स र विराटनगर किङ्ग्सबीच हुनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.