प्रि ओपन सेसनमा नेप्से परिसूचक १९.७२ अंकले बढ्यो
काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक १९.७२ अंकले बढेर २७९५.५७ विन्दुमा पुगेको हो।
यो समयमा ९८ स्क्रिप्सको २१ हजार ५९१ कित्ता सेयर १ करोड १४ हजार ९८३ रुपैयाँमा खरिदबिक्री भए। प्रि ओपन सेसनमा कारोबारमा आएकामध्ये ७० वटा स्टक्सको मूल्य बढ्दा २२ वटाको घट्यो । ५ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।