काठमाडौंको चौथो विकेट पतन, पावरप्लेमा बनेन रन

काठमाडौंको चौथो विकेट पतन, पावरप्लेमा बनेन रन

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत बुधबार भएको पहिलो खेलमा काठमाडौंले पावरप्लेमा कर्णालीभन्दा पछि परेको छ।

टियु क्रिकेट मैदानमा टस जितेको काठमाडौंले कर्णालीले दिएको १५० विजयी लक्ष्य पछ्याएको काठमाडौंले पावरप्लेमा २ विकेट गुमाउँदै ३७ रन बनाएको छ। कर्णालीले पावरप्लेमा २ विकेट गुमाएर ३९ रन बनाएको थियो।
 

पहिलो विकेटका रूपमा शंकर रानालाई ६ रनमा रन आउटको रूपमा गुमायो। उनले ७ बलमा १ चौका प्रहार गरेका थिए। दोस्रो विकेटका रुपमा स्टेफेन इस्किनाजी ३ रनमा नन्दन यादवबाट एलबीडब्ल्यु आउट भए।

यसैबीच माइकल लेभिट र भिम सार्की पनि आउट भएका छन्। यससँगै काठमाडौंको चौथो विकेट पतन भएको छ। माइकल १९ बलमा २ चौका र १ छक्कासहित २२ रन बनाए भने भीम सार्की १० बलमा ९ रन बनाएर पेभेलियन फर्किए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.