गाँजा बोकेको गाडी नियन्त्रणमा लिन प्रहरीले चलायो गोली

गाँजा बोकेको गाडी नियन्त्रणमा लिन प्रहरीले चलायो गोली
सांकेतिक तस्बिर।
सुन्नुहोस्

धरान  :  प्रहरीले धरानमा दुई गाडी गाँजा नियन्त्रणमा लिएको छ । धनकुटाबाट धरानतर्फ गाँजा बोकेको गाडी नियन्त्रण गर्न खोज्दा चालक भाग्न खोजेपछि प्रहरीले ४ राउण्ड गोली हानेर गाँजा बरामद गरेको हो ।

धनकुटाबाट गाँजा आउँदैछ भन्ने गोप्य सूचना पाएपछि इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जबेगु र वडा प्रहरी कार्यालय भानुचोकका प्रमुख रुद्र खडकाको टोली धरानको शिवधारामा गाडी नियन्त्रणमा लिन गएका थिए।

प्रहरीले सेतो नम्बर प्लेटको गाडीमा रहेको ६ सय केजी गाँजा नियन्त्रणमा लिएको छ । गाँजा ओसारपसार गर्ने एकजना पक्राउ र अर्का एकजना फरार रहेको सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले बताए । 

उनले गाँजा नियन्त्रण गर्न ४ राउन्ड गोली प्रहार गर्नु परेको बताए । एसपी तिम्सिनाले गाजाँ नियन्त्रण गरिएको विषयमा बुधबार दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.