अनुदानको सट्टा सहायता शब्द राखेर बीआरआई सहकार्य फ्रेमवर्कमा हस्ताक्षर

अनुदानको सट्टा सहायता शब्द राखेर बीआरआई सहकार्य फ्रेमवर्कमा हस्ताक्षर
तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं : नेपाल र चीन सरकारबीच बेल्ट एण्ड रोड इनिसियिटभ (बीआरआई) सहकार्य फ्रेमवर्कमा हस्ताक्षर भएको छ। परराष्ट्र मन्त्रालय र चिनियाँ विदेश मन्त्रालयका अधिकारीबीच बीआरआई सहकार्य फ्रेमवर्कमा हस्ताक्षर भएको हो।

बेइजिङमा बुधार दिउँसो भएको फ्रेमवर्क सम्झौतामा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका कामु सचिव अमृतबहदुर राई र चीनका तर्फबाट चीनका नेशनल डेभलपमेन्ट एण्ड विकास रिफर्म कमिशनका उपाध्यक्ष लिउ सुशेले हस्ताक्षर गरेका थिए।

नेपालले प्रस्ताव गरेको फ्रेम वर्कमा अनुदानमा बीआरआई कार्यान्वयन गर्न सकिने उल्लेख थियो। तर,चीनले अनुदानमा मात्र बीआरआई कार्यान्वयन गर्न नसकिने भन्दै नेपालको प्रस्ताव अस्वीकार गरेको थियो। दुई पक्षीय सघन वार्तामा फ्रेम वर्कमा नेपालले लेखेको अनुदान शब्दलाई हटाएर सहायता शब्द राख्ने सहमति जुटेसँगै हस्ताक्षर भएको हो।

बीआरआईपरियोजनाअन्तर्गत ऋण समेत लिन सकिने गरी फ्रेम वर्कमा दुई पक्षले हस्ताक्षर गरेका हुन्। हस्ताक्षरसँगै नेपालले कुनै पनि चिनियाँ परियोजनामा ऋण/सहायता दुवै लिन बाटो खुलेको छ।

चिनियाँ परियोजना बीआरआईमा नेपालले सन २०१७ मा नै हस्ताक्षर गरे पनि त्यसको कार्यान्वयन गर्नेबारे भने राजनीतिक दलहरूबीच बेमेल हुँदा सहमति हुन सकेको थिएन। बीआरआई ऋणमा लिने वा अनुदानमा भन्ने विषयमा सत्तारुढ दल एमाले र कांग्रेसबीच सहमति नजुट्दा उनीहरूले बीआरआईको फ्रेमवर्क  बनाएर चीन समक्ष प्रस्ताव गरेका थिए। 

सोही प्रस्तावलाई संशोधन गर्दै नेपाल-चीनबीच बीआरआई सहकार्य फ्रेमवर्कमा हस्ताक्षर भएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.