रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप
चितवन : रास्वपा सभापति रवि लामिछानेका समर्थक र प्रहरीबीच चितवनमा झडप भएको छ। रवि लामिछानेलाई रिहाइ गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका रास्वपा कार्यकर्ता र प्रहरीबीच झडप भएको हो। झडपका क्रममा केही प्रदर्शनकारी र प्रहरी घाइते भएका छन्।
चितवनको चौविसकोटीबाट प्रदर्शन गर्दै अघि बढेको प्रदर्शनकारी जिल्ला प्रहरी कार्यालय अघि पुगेपछि प्रहरीले रोक्न खोजेको थियो।
प्रदर्शनकारीलाई रोक्न प्रहरीले पानीको फोहरा र अश्रुग्यास समेत प्रहार गरेको छ। चितवनमा साहारा सहकारीको रकम अपचलन गरेको आरोपमा बयानका लागि रविलाई चितवन लगेसंगै उनका समर्थकहरुले निरन्तर प्रदर्शन गरिरहेका छन्। उनीहरुले चितवनबाटै रविलाई रिहाईको माग गरेका छन्।