तारा एयरले सुरू गर्‍यो सुर्खेतबाट कर्णालीका तीन जिल्लामा उडान

तारा एयरले सुरू गर्‍यो सुर्खेतबाट कर्णालीका तीन जिल्लामा उडान
सुर्खेतबाट रारा बिमानस्थल ताल्चा आइपुगेका यात्रुहरू । तस्बिर : जीवन सेजुवाल

मुगु : लामो समयदेखि सुर्खेत बिमानस्थलबाट उडान नभएका कर्णालीका तीन जिल्लामा बुधबारबाट तारा एयरलाइन्सले उडान सुरू गरेको छ । सुर्खेतबाट कर्णालीका हुम्ला,मुगु र जुम्लामा तारा एयरले उडान सुरु गरेको हो। हवाई सेवाको सुविधा पाएपछि सुर्खेतमा बसोबास गर्दै आएका सथानीय र विद्यार्थी हर्षित भएका छन् ।

सुर्खेतबाट कर्णालीका तीन जिल्लामा हिमाली टुर्स एण्ड ट्राभल्सले उडानको जिम्मा लिएको छ । हप्तामा बुधबार र शनिबार सिमीकोट,जुम्ला र रारा बिमानस्थलमा उडान गर्ने  तारा एयर नेपालगञ्जका स्टेसन इन्चार्ज सूर्यमणी सुवेदीले जानकारी दिएका छन्। 

सुवेदीका अनुसार सुर्खेत-सिमिकोट ८ हजार, सुर्खेत -रारा ६ हजार ५ सय र सुर्खेत-जुम्ला ६ हजार ५ सय भाडादर निर्धारण  गरिएको छ। आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्न सुर्खेतबाट व्यवसायिकरुपमा उडान सुरू गरिएको हिमाली टुर्स एण्ड ट्राभल्सका प्रबन्ध निर्देशक मिनबहादुर रावलले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.