गढीमाई मेलाको सुरक्षा व्यवस्थापनमा कमजोरी हुन दिँदैनौं : गृहमन्त्री
काठमाडौं : गृहमन्त्री रमेश लेखकले बाराको वरियारपुर पुगेर गढीमाई मेलाको निरीक्षण गरेका छन्। बुधबार बाराको महागाढीमाई नगरपालिकाको बरियारपुर पुगेर गृहमन्त्री लेखकले गढीमाई माताको दर्शन र मेलाको अवलोकन तथा निरीक्षण गरेका हुन्।
गृहमन्त्री लेखकले सुरक्षा व्यवस्थापनमा कुनै कमजोरी हुन नदिने प्रतिबद्धता समेत जनाए। उनले गढीमाई मन्दिरको संरक्षणलगायत मेलालाई सभ्य र भव्य बनाउनमा सरकार प्रतिबद्ध रहेको पनि उल्लेख गरे।
विश्वप्रसिद्ध पञ्चवर्षीय गढीमाई मेला मंसिर ३० गतेसम्म चल्ने छ।