विराटनगरको रोमाञ्चक जित

विराटनगरको रोमाञ्चक जित

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किङ्ग्सले प्रतियोगितामा पहिलो जित हात पारेको छ। विराटनगरले लुम्बिनीलाई २ विकेटले पराजित गरेको छ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेको विराटनगरले लुम्बिनीले दिएको १९२ को लक्ष्य पछ्याएको विराटनगरले १९.५ ओभरमा १९३ रन बनाउँदै प्रतियोगितामा पहिलो जित हात पारेको हो। अन्तिम ओभरमा १६ रन चाहिँदा लगातार २ वाइड पछि विकेट र लगातार १ छक्का र २ चौका क्रिस सोलले प्रहार गर्दै विराटनगरलाई जित दिलाएका हुन्।

विराटनगरले १० ओभरमा ४ विकेट गुमाउँदै ७३ बनाएको थियो। पावरप्लेमा १ विकेटको क्षतीमा ५४ रन बनाएको थियो। विराटनगरको पहिलो विकेट ओपनर इस्मात आलम पडक आउट भए। दोस्रो विकेटका लागि भने लोकेश बमले मार्टिन गप्टिलसँग ५२ रनको अर्धशतकीय साझेदारी गरे। 

७.१ ओभरमा मार्टिन गप्टिललाई लुम्बिनीका दुर्गेश गुप्ताले क्लिन बोल्ड गर्दिए। तेस्रो विकेट राजेश पुलामी १० बलमा ४ रन बनाउँदै कट एण्ड बोल्ड भए। उनलाई साद बिन जफरले कट एण्ड बोल्ड गरे। 

चौथो विकेटका लागि निकोलस क्रिटोन गोल्डेन डक भए। पाँचौं विकेटका लागि लोकेश र वसिरले ७८ रनको साझेदारी गरेका थिए। यो साझेदारीलाई दुर्गेशले तोडे। दुर्गेशले वसिर अहमदलाई २३ बलमा ४ चौका र १ छक्कासहित ४० रनमा बेन कटिङको हातबाट क्याच आउट गराए। 

विराटनगरका लागि ओपनर ब्याटर लोकेश बमले सर्वाधिक ४७ बलमा ३ चौका र ६ छक्कासहित ७१ रन बनाए। उनलाई रामोण्डस सिमोण्डले रोहित पौडेलेको हातमा क्याच आउट गराए। सातौं विकेट पनि दुर्गेशकै नाममा भयो। उनले प्रतिश जिसीलाई ३ बलमा ६ रन बनाउँदै बोल्ड गरे। 

आठौं विकेट विवेक यादवले सन्दीप लामिछानेको लिए। लुम्बिनीका लागि दुर्गेश गुप्ताले सर्वाधिक ३ विकेट लिए। रामोण्ड सिमोण्ड, साद बिन जफरले समान २र२ विकेट लिए। विवेक यादवले १ विकेट लिए। त्यसअघि लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेटि गुमाउँदै १९१ रन बनाएको हो। यो एनपीएलको हालसम्मकै उच्च योगफल हो। यसअघि सुदूरपश्चिमले विराटनगरविरुद्ध १८१ रन बनाएको थियो। 

पावरप्लेमा १ विकेटको क्षतीमा ५६ रन बनाएको लुम्बिनीले १० ओभरमा लुम्बिनीले थप १ विकेटको रुपमा अर्जुन साउदलाई गुमाउँदै ४१ रन थप्दै ९७ रन बनायो। लुम्बिनीले पहिलो विकेट अशुतोष घिरौयाको गुमायो उनी १३ बलमा २ चौका र १ छक्का प्रहार गर्दै १५ रनमा निकोलस क्रिटोनको हातबाट रन आउट भए। दोस्रो विकेटका लागि अर्जुन साउदले कप्तान रोहित पौडेलसँग ४१ रनको साझेदारी गर्दै आठौं ओभरको दोस्रो बलमा इस्मात आलमको बलमा बोल्ड भए। 

तेस्रो विकेट कप्तानको भयो। राजेश पुलामी मगरको बलमा टियु कर्नरमा प्रतिश जिसीको हातबाट रोहित ४६ रनमा क्याच आउट भए। उनले टम मोरिससँग ६७ रनको साझेदारी गरे। चौथो विकेट टम मोरिसको गयो। उनी १७ बलमा १ चौका र३ छक्कासहित ३० रनमा दिपक बोहोराले उत्कृष्ट थ्रो गर्दै रन आउट गराए। 

पाँचौं विकेट सन्दीप जोरा पनि १२ रनमा रनआउट भए। छैटौं विकेट सन्दीप लामीछानेले साद बिन जफरको विकेट सन्दीपले लिए। उनले जफरलाई १५ रनमा मार्टिन गुप्टिलबाट क्याच आउट गराए। सातौं विकेट पनि रन आउट नै भयो। यसमा बेन कटिङ पनि समावेश भए। 

लुम्बिनीका लागि विवेक यादव १९ र र्‍यामोन सिमोन्ड २ रनमा अविजित रहे। विराटनगरका लागि सन्दीप लामीछाने, राजेश पुलामी र इस्मात अलामले १/१ विकेट लिए। विराटनगरले पहिलो खेलमा जनकपुरसँग ८ विकेट र सुदूरपश्चिमसँग ८७ रनले हार बेहोरेको थियो। बिहीबार पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्स र दोस्रो खेलमा काठमाडौं र सुदूरपश्चिमबीच हुनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.