रवि लामिछानेमाथि अनुसन्धान जारी, चितवनमा रास्वपाका कार्यकर्ताले ढुंगा प्रहार गर्दा ८ प्रहरी घाइते

रवि लामिछानेमाथि अनुसन्धान जारी,  चितवनमा रास्वपाका कार्यकर्ताले ढुंगा प्रहार गर्दा ८ प्रहरी घाइते
सुन्नुहोस्

चितवन : चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गौतम मिश्रले प्रदर्शनकारीले सरकारी वकिलको कार्यालय जाने बाटो अवरुद्ध गर्न खोज्दा झडप भएको जानकारी दिए। 

प्रदर्शनकारीले प्रहार गरेको ढुङ्गाले लागेर ८ जना प्रहरी घाइते भएका छन्। ढुंगा प्रहार गर्न थालेपछि प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको उनको भनाई छ । मिश्रले घाइते प्रहरीको भरतपुर अस्पतालमा उपचार भइरहेको बताए। 

जिल्ला प्रहरी कार्यालय अगाडि रास्वपाका सभापति रवि लामिछानेको रिहाइको माग गर्दै प्रदर्शनकारीले निषेधित क्षेत्र नाघेका थिए।झडपमा आफ्ना कार्यकर्ता पनि घाइते भएको रास्वपाले जनाएको छ। 

साहारा सहकारीका बचतकर्ताको रकम अपचलन गरेको आरोप लागेपछि प्रहरीले लामिछानेलाई बयानका लागि मंगलबार काठमाडौंबाट चितवन ल्याएको हो। साहारा सहकारीबाट १० करोड ८० लाख रुपैयाँ अपचलन भएको उजुरी परेपछि अनुसन्धानका लागि उनलाई चितवन लगिएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.