लागूऔषधिसहित दुई युवक पक्राउ

लागूऔषधिसहित दुई युवक पक्राउ
सुन्नुहोस्

नुवाकोट : नुवाकोटमा प्रतिबन्धित लागूऔषधसहित दुई जना युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा विदुर नगरपालिका-२ का २३ वर्षीय सन्दीप पाण्डे र विदुर-१२ का २६ वर्षीय राजकुमार रिमाल रहेका छन्। 

छहरे–टोखा–विदुर सडक खण्डअन्तर्गत लिखु गाउँपालिका-१ ढिकुरेस्थित सडक खण्डमा इलाका प्रहरी कार्यालय ढिकुरेबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा काठमाडौबाट ढिकुरेतर्फ आउँदै गरेको बा प्र ०१–००५ ख ९५७४ नम्बरको बस रोकी चेकजाँच गरेको थियो। 

उक्त बसमा यात्रारत पाण्डेलाई शंकास्पद अवस्थामा गाडीको दायाँ साइडको अन्तिम सिटमा बसी रहेको अवस्थामा उनलाई खानतलासी गर्ने क्रममा ठूलो मात्रामा लागूऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। 

उनको खानतलासी गर्दा शरीर तथा साथमा बोकी रहेको झोला चेकजाँच गर्दा झोला भित्र रहेका ३ वटा प्लाष्टिकको झोलाभित्र प्रतिबन्धित तीन प्रकारका औषधिजन्य लागूऔषधसहित नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए। 

युवकको साथबाट डाइजेपाम इन्जेक्सन ८६ थान, वुप्रेनोर्फिन इन्जेक्सन  ८९ थान र प्रोमेफाजिन इन्जेक्सन  ८६ थान फेला परेको थियो। पाण्डेलाई सोधपुछ गर्दा रिमालले काठमाडौंबाट विदुरसम्म ल्याउन लगाएको बताएपछि रिमाललाई समेत पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको नुवाकोट प्रहरीले जनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.