लागल जनकपुरमे मेला, देखेला मोरा मनबा करेला

लागल जनकपुरमे मेला, देखेला मोरा मनबा करेला
सुन्नुहोस्

जनकपुरधाम : जनकपुरमा श्रद्धालुको थेगिनसक्नु भीड छ। स्वदेशबाट मात्र होइन, विदेशबाट पनि उत्तिकै पाहुनाले भरिएको छ। नजिकैका गाउँबस्तीबाट टाउकोमा झोला, बोरा बोक्दै हजारौं भक्तजन पैदलै जनकपुर आएका छन्। सबैको मनोकामना छ, शुक्रबार हुने भगवान् रामसीताको विवाह उत्सवमा सहभागिता जनाउने। जनकपुरमा लागेको साताव्यापी भव्य मेला हेर्न जो कोही उत्साहित छन्। दुलहीझैं सजिएको जनकपुरमा अधिकांश स्थानीयका घर पाहुनाले भरिभराउ छन्। छिमेकी देश भारतबाट मात्रै नभई तेस्रो मुलुकका पाहुनाले समेत जनकपुरका प्रत्येक होटल, लज, धर्मशाला, मठ मन्दिर भरिभराउ छन्। 

यतिसम्मकी विद्यालयका प्रांगण र खुला चौरहरूसमेत भरिन थालेका छन्। ‘विवाहपञ्चमी महोत्सवले गर्दा पाहुनाहरूको चाप निकै बढी छ,’ जनकपुरको होटल वेलकमका सञ्चालक विजय झुनझुनवाला भन्छन्, ‘हामी कहाँ त एक महिना पहिले देखिनै बुकिङ भइसकेको थियो। प्रायःजसो अहिले सबै होटलहरू भरिभराउ छन्।’

 प्रत्येक वर्ष झै विवाहपञ्चमी महोत्सवमा सहभागी हुन भारतको सीतामढीकी सोनी साहु परिवारसँगै जनकपुर आइपुगेकी छिन्। बुधबार राममन्दिरमा आयोजित तिलकोत्सव महोत्सवमा सहभागी हुँदा निकै खुसी देखिएकी साहु भन्छिन्, ‘भगवान् रामसीताको वैवाहिक वर्षगाँठको साक्षी बस्न पाउनु सौभाग्य हो।’ 

सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवअन्तर्गत बुधबार तिलकोत्सव समारोह सम्पन्न भएको छ। बेहुला र बेहुली पक्षबीच विवाहको कुरोलाई अन्तिमरूप दिन र दुवै पक्षका अभिभावकहरूको सहमतिका लागि तिलकोत्सव समारोह गर्ने परम्परा मिथिलामा रहिआएको छ। 

सोहीअन्तर्गत राम र सीताको तिलकोत्सव समारोह राम मन्दिरको प्रांगणमा सम्पन्न भएको हो। तिलकोत्सवमा जानकी मन्दिरको तर्फबाट कोसेली लिएर जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशनदास दास वैष्णव माता सीताको अभिभावकको भूमिकामा राममन्दिर पुगेका थिए। 

राममन्दिरका महन्थ राम दास भगवान् रामको अभिभावकका रूपमा सहभागी भएका थिए। तिलकोत्सव समारोहमा जनकपुरका गन्यमान्य व्यक्तिहरू र हजारौं श्रद्धालुहरूको सहभागिता थियो। 

भव्य समारोहबीच दुवै मन्दिरका महन्थहरूले एक आपसमा अंकमाल गर्दै ‘सम्धि मिलन’ विधि पूरा गरेका हुन्। तिलकोत्सव भइसकेपछि बिहीबार मटकोर विधि र शुक्रबार रामसीताको भव्य स्वयम्बर पछि राति विवाहको कार्यक्रम हुनेछ। 

यता, रामसीताको विवाहमा जन्तीका रूपमा भारतको अयोध्याबाट पाँच सय साधुसन्त जनकपुर आइपुगेका छन्। मंसिर १२ गते नै अयोध्याबाट हिँडेका जन्ती सोमबार महोत्तरीको मटिहानीमा आएर बास बसेको थिए। मटिहानी नगरपालिकाले जन्तीको भव्य स्वागत गरेको थियो। 

मंगलबार जनकपुर पुगेको जन्ती विवाहमा सहभागी भएर फर्किने छन्। ‘जन्ती चार दिनसम्म जनकपुरमा बास बस्ने छन् र उहाँहरूको बास र भोजनको सम्पूर्ण व्यवस्था गरिएको छ,’ महन्त रामरोशन दासले भने, ‘मिथिलाञ्चलमा छोरीको बिहेमा आउने जन्तीलाई जुन सम्मान र प्रतिष्ठाका साथ राखिन्छ हामी त्यसरी नै अयोध्याबाट आएका पाहुनाहरूको सत्कार गर्ने छौं।’मधेस प्रदेश सरकारले विवाहपञ्चमी महोत्सवको अवसरमा प्रदेशभरि बिहीबार र शुक्रबार सार्वजनिक बिदा दिएको छ। साथै महोत्सवलाई भव्यता दिनका लागि सम्पूर्ण नगरवासीले घरघरमा दिपोत्सव गर्न पनि आह्वान गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.