पोखरालाई पहिलो झट्का, राजबंशीले लिए विकेट
काठमाडौं : नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्सविरुद्ध ब्याटिङमा उत्रिएको पोखराको पहिलो विकेट पतन भएको छ। पोखराका एन्ड्रीज गस २० रन बनाएर पेभेलियन फर्किएका छन्। १६ बलमा उनले ३ चौका र १ छक्का प्रहार गरे।
जनकपुरका ललित राजबंशीले आसिफ सेखबाट क्याच गराएर विकेट लिएक हुन्। पोखराले ५ ओभरमा ३२ रन बनाएर खेलिरहेको छ।