पावरप्लेमा पोखराको सुस्त सुरुवात, कप्तान भुर्तेल पनि आउट

पावरप्लेमा पोखराको सुस्त सुरुवात, कप्तान भुर्तेल पनि आउट
सुन्नुहोस्

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को चौथो दिनको पहिलो खेलमा पोखरा एभेन्जर्सले पावरप्लेमा सुस्त सुरुवात गरेको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले पावरप्लेमा २ विकेट गुमाउँदै ३५ रन बनाएको हो।

 
पहिलो विकेटको रूमपा पोखराले एन्ड्रिज गोउसको विकेट गुमाएको हो। उनले १६ बलमा ३ चौका र १ छक्कासहित २० प्रहार गरेका हुन्। उनलाई ललित राजवंशीले पाचौं ओभरको अन्तिम बलमा आसिफ शेखको हातबाट क्याच आउट गराएका हुन्। 

दोस्रो विकेट अर्का ओपनर दिनेश खरेलको गयो। छैटौं ओभरको पाँचौं बलमा उनी १७ बलमा १० रन बनाउँदै नसिमको बलमा तुल बहादुर थापाको हातबाट क्याच आउट भए। 

त्यस्तै सातौं ओभरको अन्तिम बलमा पोखराका कप्तान कुशल भुर्तेल पनि आउट भएर उनी ६ बलमा ६ रन बनाएर पेभेलियन फर्किए।

जनकपुरको यो तेस्रो खेल हो। पहिलो खेलमा विराटनगरलाई ८ विकेटले हराएको जनकपुरले दोस्रो खेलमा कर्णालीलाई पनि ८ विकेटले नै हराएको हो। 
पोखराले भने पहिलो खेलमा चितवनसँग ८७ रनको पराजय व्यहोरेको थियो। बिहीबारको दोस्रो खेल सुदूरपश्चिम रोयल्स र काठमाडौं गुर्खाजबीच हुनेछ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.