उद्यमशील पर्यटन

उद्यमशील पर्यटन

पर्यटन मानव सभ्यता र मानव जीवन जत्तिकै पुरानो विषय हो। मानिसले प्रकृतिबाट पर्यटनको महŒव अंगीकार गर्दै आएका छन्। जसरी पृथ्वी आफ्नो अक्षमा निरन्तर घुम्छ। आकाशका नक्षत्रहरू पनि आ–आफ्ना दिशामा भ्रमण गरिरहन्छन्। ठीक त्यस्तै मानिसले देश–देशावरको भ्रमण पनि विभिन्न उद्देश्यले गर्ने गरेको पाइन्छ। किनकि मानिसको जीवन गतिशीलता हो भने मृत्यु स्थिरता हो। त्यसैले मानिसहरू जीवनलाई गतिशील बनाउनाका लागि पनि भ्रमण गरिरहन्छन्।

खासगरी पर्यटनबाट नयाँनयाँ ठाउँहरू भेटिन्छन्। जस्तैः क्रिस्टोफर कोलम्बसभित्र पर्यटनको चाहना प्रस्फुटित नभएको भए अमेरिका पत्ता लाग्दैनथ्यो, मार्को पोलोले चीन र भास्कोडिगामाले भारत घुम्दाघुम्दै पत्ता लगाए। पर्यटनबाटै वनजंगलभित्र पसेर थुप्रै खोज अनुसन्धानकर्ताहरूले जडीबुटी, जीवजन्तु तथा पशुपक्षीहरूको जीवनचर्याको बारेमा अध्ययन अनुसन्धान गरिरहेका छन्। त्यसैले नयाँ–नयाँ खोज, अध्ययन, अनुसन्धान र मनोरञ्जन आदि सरोकारका लागि पर्यटक एक स्थानबाट अर्को स्थान पुग्ने गर्दछन्। यो विशुद्ध मनोरन्जनका लागि निजी खर्चमा गरिने भ्रमण हो। तर, सबै उद्देश्यले गरिने भ्रमण पर्यटन होइन। हामीले के कुरा बुझ्नुपर्छ भने पर्यटनका लागि गरिने भ्रमण मात्र पर्यटन हो। कुनै एक ठाउँका मानिसले अर्को ठाउँका रमणीय दृश्यहरूको अवलोकन, प्राकृति सौन्दर्यको दृश्य अवलोकन, सांस्कृतिक सम्पदाको अवलोकन तथा धार्मिक महŒवका तीर्थस्थलहरूको नितान्त निजी भ्रमणहरू पर्यटन हुन्। यस्तै पर्यटनको मुख्य उद्देश्य मनोरञ्जन, शिक्षा, संस्कृतिको अध्ययन वा आरामको लागि नयाँ ठाउँहरूको अन्वेषण गर्नु हो। जसको माध्यमबाट संस्कृति, रीतिरिवाज, परम्परा र धार्मिक मान्यता लुकेका रंगीचंगी पक्षहरूको ज्ञानार्जन हुने गर्दछ। नेपाल पर्यटनका लागि प्राकृतिक तथा मानवनिर्मित सम्पदा विश्व दुनियाँमै लोभलाग्दो रहेको छ। 

नेपालमा पर्यटनको विकास सन् १९५२ बाट भएको हो। नेपाल विश्वमै प्राकृतिक सौन्दर्य, धार्मिक तथा सांस्कृतिक सम्पदा र मनोरञ्जनका गतिविधिहरूले पर्यटकीय गन्तव्यको रूपमा चिरपरिचित रहेको छ। हाम्रो देशको हिम चुचुराहरूको सौन्दर्य पर्यटकहरूले हेरेर कहिल्यै सकिँदैनन्, नदी÷ताल हेरेर रित्तिँदैनन्। प्राकृतिक तथा धार्मिक सौन्दर्य हेरेर कहिले रित्तिदैन। अझ पर्यटनले त प्रकृति र वातावरणको संरक्षण गर्नलाई प्रोत्साहित गर्छ। हामीले हाम्रो पर्यटन क्षेत्रलाई संसारको सबैभन्दा ठूलो उद्योगका रूपमा विकास र विस्तार गर्नुपर्छ। यहाँका हिमालहरू सगरमाथा, लाङटाङ, अन्नपूर्ण बेसक्याम्पजस्ता हिमशृंखलाहरू पर्वतारोहण ट्रेकिङका लागि विश्वप्रसिद्ध छन्। त्यस्तै पशुपतिनाथ मन्दिर, स्वयम्भूनाथ, बौद्धनाथ स्तूपा, लुम्बिनी चितवन राष्ट्रिय निकुञ्जजस्ता विश्व सम्पदास्थलहरू रहेका छन्। हामीकहाँ उल्लेख्य रूपमा जलाशय, जलप्रवाह, तलाउ, ताल, नदी, छाँगा, छहरा, खोल्सा र खोलाहरू छन्। जसले पर्यटकको मनै लोभ्याउने गर्दछ। यही रहस्यको पोको फुकाएर हेर्न संसारभरका पर्यटकहरू नेपाल आउन लालायित हुन्छन्। नेपाललाई ट्रेकिङ, पर्वतारोहण, जंगल सफारी, बन्जिजम्पिङ, पर्वतीय आरोहण र धार्मिक यात्राहरूको लागि लोकप्रिय गन्तव्य मानिन्छ। त्यसैले त हाम्रो मुलुकले सांस्कृतिक र प्राकृतिक सौन्दर्यका अंग–अंगबाट पर्यटनलाई सुगन्ध मुस्कान छरेर आकर्षक गरेको देख्न सकिन्छ। विश्वको भूमण्डलमा सानो देखिए पनि पर्यटनको दृष्टिकोणबाट हेर्दा विशाल हृदयको धड्कन रहेको छ। 

तर, हामीकहाँ जुन गतिमा पर्यटकको आगमन हुनुपर्ने हो, त्यसो हुन नसकेको प्रस्ट देखिन्छ। हामीले पर्यटकलाई प्राकृतिक, सांस्कृतिक र धार्मिक रूपमा सम्पन्न छौं भन्दैमा पर्यटक आउँदैन। त्यसकारण हामीले पर्यटनको विकास र विस्तारको लागि पूर्वाधार क्षेत्रलाई सुधार गर्दै सडक र हवाई यातायात सुरक्षित बनाउन सक्नुपर्छ। सरकारले बनाउने पर्यटनसँग सम्बद्ध सबै नीति, कार्यक्रम स्पष्ट खाकासहित ल्याउनु जरुरी देखिन्छ। हामीकहाँ दुई छिमेकी मुलुक भारत र चीन जनसंख्यामा पनि विशाल छन्। हामीले उनीहरूलाई ल्याउन सक्नुपर्छ। उनीहरू नेपालमा आउँदा उनीहरूको बसाइ लम्बिँदा नेपालले विदेशी मुद्रा आर्जन गर्न सकिन्छ। पर्यटन विकास गर्न सहरदेखि गाउँगाउँसम्म होमस्टे, ग्रामीण पर्यटन, स्थानीय प्रविधि र साधनमा प्राथमिकता दिनुपर्छ। यसो हुँदा मुलुकभित्र धेरैभन्दा धेरै व्यक्तिले रोजगारको सुवर्ण अवसर प्राप्त गर्छन्। हामीले पर्यटकहरूलाई नेपालमा जति बढी आकर्षित गर्न सकियो, त्यति नै बढी रोजगारी सिर्जना हुनेगर्छ। विश्वभर पर्यटकको आगमनमा वृद्धि हुँदै गर्दा हाम्रोजस्तो प्रचुर पर्यटकीय सम्भावना भएको देशमा आकर्षक पर्यटकीय गन्तव्यबारे सूचना सुरक्षा र सुविधालाई अधिकतम बजारीकरण गर्न सक्नुपर्छ। त्यसका लागि विश्वभरि छरिएर रहेका ६० लाखभन्दा धेरै नेपालीहरूलाई परिचालन गरेर तथ्य र तस्बिर संसारभर प्रचारप्रसार गर्न विद्युतीय र छापा माध्यमबाट पर्यटनको विकास गर्न सक्नुपर्छ। हामीले पर्यटनलाई उद्यमशीलताका रूपमा विकास गर्नैपर्छ। 

अतः पर्यटनले मुलुकको आर्थिक विकासमा बहुआयामिक प्रभाव पार्छ। पर्यटन विकासले वातावरण, सामाजिक, सांस्कृतिक अवस्थिति र आर्थिक स्तरलाई बलियो बनाउँछ। पर्यटन धेरै क्षेत्रसँग जोडिएकाले प्रत्यक्ष÷परोक्ष रूपमा ठूलो योगदान रहेको छ। हाल पर्यटन संसारभरिकै लागि पर्यटन उद्योग सबैभन्दा ठूलो व्यवसायका रुपमा परिणत भइसकेको छ। पर्यटनबाट मुलुकको आन्तरिक तथा बाह्य पर्यटकको संख्या वृद्धिले रोजगारी सिर्जना र आयआर्जनमा सहयोग पु¥याएको छ। सम्भावना भएर मात्रै कुनै पनि क्षेत्रको विकास हुन सक्तैन, त्यसका लागि व्यवस्थित, योजनाबद्ध काम र इच्छाशक्ति हुन आवश्यक छ। नेपाल पूर्वाधार निर्माण क्षेत्रमा अझै पनि पछाडि छ। स्थल यातायात र हवाई यातायात पर्यटन क्षेत्रको विकासका लागि पहिलो पूर्वाधार हो। हाम्रो ध्यान पूर्वाधारतिर पनि जानु आवश्यक छ। पर्यटकहरूको आगमन संख्या, बसाइको अवधि, प्रतिपर्यटक खर्च आदि बढाउनका लागि सरकार र निजी क्षेत्रले पूर्वाधार र सेवामा लगानी गर्नुपर्छ। सरकारले पनि पर्यटकको बसाइ अवधि र खर्च बढाउने नीति लिन सक्नुपर्छ। यस्तै उपयुक्त कानुनी व्यवस्था, सुरक्षा प्रबन्ध गरी चौबिसैघण्टा मनोरञ्जन सुविधा सञ्चालन गर्न अनुमति राज्यले दिन सक्नुपर्छ। धार्मिकस्थलको संरक्षण, संवद्र्धन गरी धार्मिक पर्यटनको गन्तव्यमा थप आकर्षण र सुविधा बनाउन सक्नुपर्छ। वैकल्पिक पदयात्रा मार्गहरूको खोज, पहिचान, ग्रामीण क्षेत्रसम्म पुग्ने यातायात सञ्चालन र विकासमा स्पष्ट नीति आउनुपर्छ। अनि मात्र पर्यटक फर्की–फर्की आउँछन्। पर्यटकहरूका लागि आकर्षणको केन्द्र भएकाले नेपाली भूमि पर्यटन उद्योगका दृष्टिले उर्वर छ भन्ने विश्वास दिलाउन सक्नुपर्छ। तबमात्र पर्यटनको माध्यमबाट भौतिक पूर्वाधारहरू जस्तै डाँडा–काँडामा बाटाघाटा, सडक, विमानस्थल, होटल, अत्याधुनिक प्रविधिहरू सञ्चार सञ्जालको विस्तार गर्न मद्दत गर्छ।  तसर्थ, नेपाललाई पर्यटनका लागि उत्कृष्ट गन्तव्यस्थल बनाउन सरकार र निजी क्षेत्रको समन्वय गर्न जरुरी छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.