पावरप्लेमा जनकपुरले पूरा गर्यो ६० रन
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को पाँचौं दिनको पहिलो खेलमा पोखराले दिएको १३९ रनको लक्ष्य पछ्याएको जनकपुरले पावरप्लेमा १ विकेट गुमाउँदै ६० रन बनाएको छ।
टियु क्रिकेट मैदानमा जनकपुरले पहिलो विकेटको रुपमा २.१ ओभरमा कप्तान अनिल शाह ३ बलमा १ रन बनाउँदै विपिन खत्रीको बलमा एलबीडब्ल्यु आउट भए। हालः क्रिजमा ओपनर आसिफ शेख १२ रनमा र लहिरु मिलान्था ३९ रनमा खेलिरहेका छन्। यी दुईले दोस्रो विकेटको लागि ५२ रनको साझेदारी गरेर खेलिरहेका छन्।