१० ओभरमा जनकपुरले बनायो ८२ रन
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को पाँचौं दिनको पहिलो खेलमा पोखराले दिएको १३९ रनको लक्ष्य पछ्याएको जनकपुरले १० ओभरमा २ विकेट गुमाउँदै ८२ रन बनाए। जनकपुरले पावरप्लेमा १ विकेट गुमाउँदै ६० रन बनाएको छ।
टियु क्रिकेट मैदानमा जनकपुरले पहिलो विकेटको रूपमा २.१ ओभरमा कप्तान अनिल शाह ३ बलमा १ रन बनाउँदै विपिन खत्रीको बलमा एलबीडब्ल्यु आउट भए।
जनकपुरको लागि दोस्रो विकेटका रुपमा लाहिरु मिलान्थाको विकेट गयो। उनले ३२ बलमा ८ चौका सहित ४५ रन बनाए। उनले ओपनर आसिफ शेखसँग ७२ रनको अर्धशतकीय साझेदारी गरे। उनलाई माइकल लिस्कले ९.५ ओभरमा सागर ढकालको हातबाट क्याच आउट गराए।