विद्युत प्राधिकरणले गरिरहेको काममा सरकारले हस्तक्षेप गर्‍यो : माओवादी केन्द्र

विद्युत प्राधिकरणले गरिरहेको काममा सरकारले हस्तक्षेप गर्‍यो : माओवादी केन्द्र
सुन्नुहोस्

मंसिर २३ गते हुने भनिएको अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन हालका लागि स्थगित गर्ने निर्णय समेत गरेको छ।

काठमाडौं : नेकपा माओवादी केन्द्रले सरकारको प्रभावकारिता शून्य अवस्थामा रहेको र सुशासनको पक्षमा कमजोरी प्रस्तुति देखाएको निष्कर्ष पनि निकालेको छ।

पार्टी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बिहीबार बसेको माओवादी केन्द्रीय कार्यालयको बैठकले विद्युत प्राधिकरणले गरिरहेको काममा समेत सरकारले हस्तक्षेप गर्न खोजेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए। उनले भ्रष्टाचारीका साथै बिचौलियालाई जोगाउने प्रयास भएको उल्लेख गरे। 

 उनले सरकार भत्काउने खेलमा माओवादी नलाग्ने स्पष्ट पारे। उनले स्थानीय तहको उपनिर्वाचनले आगामी आमनिर्वाचन एक्लै लड्ने आधार तयार निष्कर्ष निकालेको बताए। उनले बृहत वामपन्थी एकीकरणका लागि थप आधार समेत उपनिर्वाचनले दिएको बताए।

उनले स्थायी समिति र केन्द्रीय समिति बैठकमा विस्तृत रुपमा छलफल गरेर थप रणनीतिका साथ अघि बढ्ने उल्लेख गरे। माओवादी बैठकले मंसिर २३ गते हुने भनिएको अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन हालका लागि स्थगित गर्ने निर्णय समेत गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.