तीनै तहको सरकार बनेपनि व्यवस्थित शहर र बस्ती निर्माण हुन सकेन : पूर्वप्रधानमन्त्री भट्टराई

तीनै तहको सरकार बनेपनि व्यवस्थित शहर र बस्ती निर्माण हुन सकेन : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौं : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालको मौलिक निर्माण पद्धतिको संरक्षण गर्न नसकेको बताएका छन्। नेपाली वास्तुविद् समाजको आयोजनामा बिहीबारबाट काठमाडौंमा सुरु आर्कबिल्ड एक्सपो उद्घाटन कार्यक्रममा भट्टराईले पछिल्लो चरणमा आधुनिक आर्किटेक्चरको विकास हुँदै गएपनि त्यसले लय समात्न नसकेको महसुस भएको बताएका हुन्।

उनले संघीयतापछि तीनै तहको सरकार बनेपनि व्यवस्थित ढंगले शहर र बस्ती निर्माण गर्न नसकेको धारणा राखे । काठमाडौंको भृकुटीमण्डपमा सुरु आर्कबिल्ड एक्सपो तीन दिनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.