साताको अन्तिम सेयर कारोबार दिन : नेप्से र कारोबार रकम दुवै घट्यो

साताको अन्तिम सेयर कारोबार दिन : नेप्से र कारोबार रकम दुवै घट्यो

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन बुधबार २४.९७ अंकले घटेको नेप्से आज १५.९३ अंकले घटेर २७३४.९३ विन्दुमा अडिएको छ। त्यसअघि मंगलबार नेप्से परिसूचक  १७.८० अंकले बढेको थियो।

 
सेन्सेटिभ इण्डेक्स  ५.०२ अंकले घटेर ४६४.०१ विन्दुमा अडिएको छ। नेप्से घटेसँगै कारोबार रकम पनि बुधबारको तुलनामा घटेको छ। यसदिन ३०७ स्क्रिप्सको १ करोड ६७ लाख ९७ हजार  ७२७ कित्ता सेयर ८ अर्ब ३६ करोड ९६ लाख ८६ हजार ४०२ रुपैयाँमा कारोबार भयो।

अघिल्लो दिन ९ अर्ब १३ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।

आज कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लभेलमा कारोबार भएन। खानीखोला हाइड्रोपावरको सेयर ९.९८ प्रतिशतले बढ्दा  सुपर मादी हाइड्रोपावरको ९.९५,मानुषी  लघुवित्त वित्तीय संस्थाको ९.८१ र लाइफ इन्स्योरेन्स कर्पोरेसनको ७.९९ प्रतिशतले मूल्य बढ्यो।

कारोबार रकमका आधारमा नेपाल फाइनान्स समूह शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ४२ करोड मूल्य बराबरको सेयर कारोबार भयो। यसैगरी एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको २९ करोड,लाइफ इन्स्योरेन्स र रसुवागढी हाइड्रोपावरको २०/२०  करोडको सेयर कारोबार भयो।
जानकी फाइनान्सले १३ करोड मूल्य बराबरको सेयर कारोबार गर्‍यो।

दुई समूहको उपसूचकबाहेक अन्यको उपसूचक नकारात्मक देखिएका छन्। ट्रेडिङ र लाइफ इन्स्योरेन्सबाहेक अन्य समूहको उपसूचक नकारात्मक देखिएका हुन्। कारोबारमा आएका ४० स्टक्सको मूल्य बढ्दा २०१ वटाको  घट्यो। बाँकी ३ समूहको उपसूचक स्थिर रह्यो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.