एनएमबि बैंकलाई एसिया प्यासिफिक डब्लुईपीएस अन्तर्गतको लैंगिक समावेशी कार्यस्थलको अवार्ड प्राप्त
एनएमबि बैंकलाई २०२४ को युएन विमेन एशिया प्यासिफिक डब्लुईपीएस अवार्ड अन्तर्गत लैंगिक समावेशी कार्यस्थल कायम गर्ने पहललाई सम्मान गर्दै यो विशेष अवार्ड प्रदान गरेको छ। यो सम्मान लैंगिक समानता र सामाजिक समावेशीकरण प्रवर्द्धन गर्ने एनएमबि बैंकको पहलहरूको सम्मान स्वरुप प्राप्त गरेको अवार्ड हो।
युएन विमेन र युएन ग्लोबल कम्प्याप्टद्वारा कार्यस्थल, बजार र समुदायहरूमा महिला सशक्तीकरण गर्दै लैंगिक समानता प्रवर्द्धनका लागि विश्वव्यापी मापदण्डहरू निर्धारण गरेको छ। एनएमबि बैंकले ती विश्वव्यापी मापदण्डहरू कार्यान्वयन गर्नकालागि बैंकको तर्फबाट सक्दो प्रयास गरेको छ। ती प्रयासहरुमा She Leads Tomorrow Scholarship, NMB NextGen Banking Leaders Scholarship, महिलाको नेतृत्वमा सबै महिला कर्मचारीद्वारा सञ्चालीत शाखाहरू, महिला नेतृत्व विकाशका कार्यक्रमहरू र सामाजिक समावेशीकरणमा केन्द्रित सिएसआर गतिविधिहरू रहेका छन्।
यस अवार्डले एनएमबि बैंकलाई विश्व बजारमा डब्लुईपीएस अन्तर्गतको युएन विमेनद्वारा मान्यता प्राप्त पहिलो नेपाली संस्थाको रूपमा उभ्याएको छ। एसिया प्यासिफिक देशका ६०० भन्दा बढी आवेदक संस्थाहरू मध्यबाट यो विशेष अवार्ड बैंकलाई प्रदान गरेको हो।
यस अवार्डले एनएमबि बैंकलाई निरन्तररुपमा समावेशी र दीगो विकाश गर्ने आफ्नो उद्देश्य प्राप्त गर्दै अघी बढ्न प्रोत्साहान मिलेको छ। एनएमबि बैंकले हाल देशभर २०१ शाखा, १८७ एटिएम र ११ एक्सटेन्सन काउन्टर मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।