नेपालको सबैभन्दा महँगो लक्जरी गाडी बिएमडब्लु एक्स७ एक्सड्राइभ ४०आई एक हप्ताभित्र बिक्री

नेपालको सबैभन्दा महँगो लक्जरी गाडी बिएमडब्लु एक्स७ एक्सड्राइभ ४०आई एक हप्ताभित्र बिक्री
सुन्नुहोस्

काठमाडौं : नेपालमा बीएमडब्ल्यू अटोमोबाइल्सका एकमात्र आधिकारिक आयातकर्ता र डिलर, लक्ष्मी प्रिमियम मोटर्सले ७ करोड पर्ने  देशकै सबैभन्दा महँगो लक्जरी गाडी बिएमडब्लु एक्स७ एक्सड्राइभ ४०आई ल्याएको एक हप्ताभित्र बिक्री गरेको छ। 

कम्पनीका अनुसार, यो मोडल गत कात्तिक २९ मा नेपाल आयात गरिएको थियो। अत्याधुनिक प्रविधि, उत्कृष्ट डिजाइन, मजबूती, सुरक्षा, शक्ति, र विलासी सुविधाले सुसज्जित यो गाडी अहिलेसम्मको सबैभन्दा महँगो लक्जरी गाडी हो।

यस बिक्रीले नेपाली उपभोक्ताबीच प्रिमियम गाडीप्रतिको चासो र रुचिलाई प्रस्ट रूपमा उजागर गरेको छ। कम्पनीले जनाए अनुसार बिएमडब्लु एक्स७ एक्सड्राइभ ४०आई को छोटो समयमा भएको सफल बिक्रीले नेपालमा प्रिमियम गाडीहरूको बजारमा नयाँ मापदण्ड स्थापना गरेको छ। यो उपलब्धिले नेपाली बजारमा लक्जरी गाडीहरूको बढ्दो प्रभावलाई थप सशक्त बनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.