बैंकिङ कसुरको मुद्दामा कमल थापा पक्राउ
काठमाडौं : बैंकिङ कसुर मुद्दामा ठगी गर्ने एक जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले बागलुङ गलकोट नगरपालिका- २ का (हाल काठमाडौंको सुकेधारा बस्ने) ४० वर्षीय कमल थापालाई बैंकिङ कसुर मुद्दामा पक्राउ गरेको प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।
उनलाई कास्की जिल्ला अदालत, पोखराबाट मंसिर ११ गते पक्राउ पुर्जी जारी भएको थियो। आचार्यका अनुसार कानुन बमोजिम पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहीको जिल्ला प्रहरी कार्यालय, कास्की पठाइएको छ।