‘उपनिर्वाचनमा माओवादीलाई लोकप्रिय मत’

‘उपनिर्वाचनमा माओवादीलाई लोकप्रिय मत’
सुन्नुहोस्

काठमाडौं : ‘अब माओवादी सक्यो’ भन्ने भाष्यलाई स्थानीय तहको उपनिर्वाचनले गलत सावित गरिदिएको नेकपा माओवादी केन्द्रको निष्कर्ष छ। स्थानीय तहको उपनिर्वाचनमा अरू पार्टीभन्दा माओवादी केन्द्रलाई लोकप्रिय मत प्राप्त भएको उपाध्यक्ष तथा पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जनाए। 

बिहीबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासी खुमलटारमा उपनिर्वाचनको परिणामबारे दृष्टिकोण बनाउन केन्द्रीय कार्यालयको बैठक बसेको थियो। माओवादी केन्द्रलाई मतदाताले सच्चिने मौकासहित ‘बोनस’ दिएको बारे चर्चा गरिएको थियो।

४४ पदका लागि भएको उपनिर्वाचनमा माओवादीले ११ स्थानमा जित निकालेको थियो। यो निर्वाचनमा माओवादी केन्द्र दोस्रो स्थान हाँसिल गरेको छ। दोस्रो भएको स्थानमा पनि माओवादी उम्मेदवारले भारी मत प्राप्त गरेको थियो। यसले माओवादी अध्यक्ष प्रचण्ड निकै हौसिएका छन्। 

२०७९ को स्थानीय तहको उपनिर्वाचनमा माओवादी केन्द्रले जितेका ८ स्थानलाई जोगाउँदै थप ३ स्थान गरी ११ स्थान जित हात परेको छ। यो निर्वाचनमा माओवादी केन्द्रले १ अध्यक्ष, १ उपप्रमुख, २ उपाध्यक्ष र ७ वडाध्यक्ष जितेको छ। उसले जितेका २ उपाध्यक्ष र ६ वडाध्यक्षमा निर्वाचन भएको थियो। उसलाई १ अध्यक्ष, १ उपप्रमुख र १ वडाध्यक्ष फाइदा भएको हो। 

२०८४ एक्लै चुनाव लड्ने प्रचण्डको उद्घोषलाई पार्टीले उपनिर्वाचन माफत शक्ति परीक्षण गरेको थियो। पार्टी प्रतिजनताको भरोसा र उत्साह बढेको माओवादी केन्द्रको दाबी छ।

स्थानीय तहको उपनिर्वाचनको मत परिणामले माओवादी नेतृत्वलाई पार्टी र कार्यकर्ताको अस्तित्व रक्षा गर्न पनि मौका प्रदान गरेको नेताहरूले जनाएको छ। पार्टीले अघि सारेका एजेन्डा र अघि बढाउन खोजेको अभियानको जनताले अनुमोदन गरेको अध्यक्ष दाहालले बैठकमा चर्चा गरेका छन्।

‘हाम्रो पार्टीले यो निर्वाचनलाई भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षको नयाँ संकल्पका रूपमा लिएको थियो’, उनले भने, ‘खासगरी हाम्रो पार्टी नेतृत्वको सरकारले अघि सारेको सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको एजेन्डालाई जनस्तरसम्म पु¥याउँदै पार्टीको आगामी बाटो र दृष्टिकोण सुस्पष्ट गर्ने अवसरका रूपमा उपनिर्वाचनलाई लिएका थियौं।’ निर्वाचित जनप्रतिनिधिको संख्या र जनमत दुवै हिसाबबाट पार्टीले उत्साहजनक सफलता प्राप्त गरेको अध्यक्ष दाहालको भनाइ छ। उनका अनुसार अवाञ्छित गठबन्धनलाई चिर्दै जनताले प्रकट गरेको उत्साहपूर्ण समर्थनलाई उच्च सम्मान छ। 

उनले भने, ‘यो उपनिर्वाचनमार्फत जनताले प्रकट गरेको अभिमतलाई हाम्रो पार्टीले आफ्नो एजेण्डा र आफ्नै एकल पहिचानका साथ प्रतिस्पर्धा गर्न प्राप्त गरेको जनादेशका रूपमा लिनेछ।’ अपार जनविश्वासलाई अझ सुदृढ बनाउँदै जनताको जीवनस्तर बदल्ने अभियानलाई दृढतापूर्वक अघि बढाउने उनले प्रतिबद्धता गरेका छन्। पार्टीको आगामी गतिविधि बारे रणनीति तयार गर्न मंसीर २७ गते स्थायी समिति बस्ने छ। त्यसपछि पुस पहिलाको पहिलो साता केन्द्रीय कमिटीको बैठक बस्ने छ। बुधबारको बैठकले पार्टीका पालिका सम्मेलन र पालिकास्तरका खबरदारी सभाहरूलाई प्रभावकारी बनाउने निर्णयसमेत गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.