चितवनको तेस्रो विकेट पतन, विपिन रावल आउट
काठमाडौं : नेपाल प्रिमियर लिगमा चितवन रोइनोजको तेस्रो विकेट पतन भएको छ। विपिन रावल १५ बलमा ११ रन बनाएर पेभेलियन फर्किएका हुन्। कर्णालीका जिसन मक्सुदले उनको विकेट लिएका हुन्।
यसअघि दीपक बोहोरा ८ बलमा ८ रन बनाए आउट भएका थिए। कर्णालीका नन्दन यादवले उनको विकेट लिएका थिए। त्यस्तै सोमपाल कामीले लक बेन्केन्स्टीनको विकेट लिएका थिए। उनी शून्यमै आउट भएका थिए।