स्टार्टअप कम्पनीलाई नामीको उपहार

स्टार्टअप कम्पनीलाई नामीको उपहार
सुन्नुहोस्

काठमाडौं : युवा उद्यमीहरूलाई प्रोत्साहन गर्न अन्नपूर्ण मिडिया नेटवर्कले सुरू गरिरहेको ‘स्टार्टअपसँग अन्नपूर्ण’ अभियानमा जोडिएका स्टार्टअप कम्पनीहरूलाई नामी कलेजले विशेष उपहार उपलब्ध गराएको छ । शुक्रबार अन्नपूर्ण मिडिया नेटवर्कको तीनकुनेस्थित हेडक्वार्टरमा आयोजित एक समारोहबिच नामीले स्टार्टअप कम्पनीका लागि उपहार उपलब्ध गराएको हो ।

नामी कलेजका चिफ विजनेश डेभलपमेन्ट अफिसर निलमणी न्यौपानेले अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतलाई उपहार हस्तान्तरण गरेका हुन् ।  नामी कलेज ‘स्टार्टअपसँग अन्नपूर्ण’ अभियानको एजुकेशनल पार्टनर रहेको छ ।

‘स्टार्टअप कम्पनीहरूलाई प्रोत्साहन गर्नका लागि उपहार उपलब्ध गराएका हौं,'नामी कलेजका चिफ विजनेश डेभलपमेन्ट अफिसर निलमणी न्यौपानेले भने ।  ‘स्टार्टअपसँग अन्नपूर्ण’ जोडिएका स्टार्टअप कम्पनीहरूको ब्रान्डिङ गर्नका लागि नामी कलेजले आगामी दिनमा अन्य सहयोगहरू पनि उपलब्ध गराउने उनले प्रतिबद्धता व्यक्त गरे । 

सन् २०१२ मा स्थापना भएको नामीले स्कुलदेखि स्‍नातकोत्तरसम्मको अध्ययन गराउँदै आइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.