१० ओभरमा लुम्बिनीको ६४ रन
काठमाडौं : नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सले १० ओभरमा ६४ रन बनाएको छ। टियु क्रिकेट मैदानमा टस जितेको लुम्बिनीले १० ओभरमा ३ विकेट गुमाउँदै ६४ रन जोडेको हो।
लुम्बिनीले पावरप्लेमा २ विकेटको क्षतिमा ४६ रन बनाएको थियो। पहिलो ओभरको तेस्रो बलमा ओपनर अशुतोष घिरौयालाई पहिलो विकेटका रूपमा गुमाएको लुम्बिनीले दोस्रो विकेट अर्का ओपनर उन्मुक चन्दलाई गुमायो।
६.१ ओभरमा सन्दीप जोरालाई मार्कस क्रिच्लेले एलबीडब्ल्यु आउट गराए। उनले १५ बलमा २ चौका र १ छक्का प्रहार गरेका हुन्। लुम्बिनीले ७ ओभरमा ३ विकेट गुमाई ५० रन पूरा गरेको हो। हालः क्रिजमा कप्तान रोहित पौडेल ४० र टम मोरिस ४ रन बनाई खेलिरहेका छन्।
लुम्बिनीले पहिलो खेलमा विराटनगर किंग्ससँग २ विकेटको हार बेहोरेको थियो। पोखराको यो तेस्रो खेल हो। पोखराले पहिलो खेलमा चितवन राइनोजसँग ८७ रन र दोस्रो खेलमा जनकपुर बोल्ट्ससँग ७ विकेटको हार बेहोरेको थियो।