प्रदेश लोकसेवा आयोगका सदस्य खड्काले लिए शपथ
मकवानपुर : एक साताअघि बागमती प्रदेश लोकसेवा आयोगका नवनियुक्त सदस्य रामबहादुर खड्काले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । गत मंसिर १३ गते आयोगको सदस्य नियुक्त खड्काले शुक्रबार प्रदेश प्रमुख कार्यालय हेटौँडामा आयोगका अध्यक्ष महेश्वर श्रेष्ठले प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाको उपस्थितिमा सदस्य खड्कालाई शपथ गराएका हुन् । कार्यक्रममा प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामालगायत उपस्थित थिए।
प्रदेश लोकसेवा आयोग ऐन, २०७६ को दफा ३ को उपदफा ९१० बमोजिम गठित सिफारिस समितिको सिफारिसमा ऐनको दफा ४ को उपदफा ९२० बमोजिम गत मंसिर १३ मा खड्का आयोगको सदस्यमा नियुक्त भएका थिए ।
दोलखाको गौरीशंकर गाउँपालिका–५ निवासी खड्का प्राध्यापन क्षेत्रबाट आयोगको सदस्य बनेका हुन् । यससँगै आयोगको बोर्डले अब पूर्णता पाएको छ ।