वक्तृत्वकलामा दीपिका प्रथम
स्याङ्जा : लैगिंक हिंसा १६ दिने अभियानअन्तर्गत रहेर अर्जुनचौपारी गाउँपालिकाले हिंसा न्यूनीकरण गर्ने सवालबीच बालिका र महिलाहरूबीच वक्तृत्वकला प्रतियोगिता गरेको छ।
‘लैङ्गिक हिंसा निवारणमा नागरिकको भूमिका’ विषयक खुल्ला वक्तृत्वकला प्रतियोगिता गरिएको हो। सो प्रतियोगितामा दिपीका अर्याल प्रथम भएकी छन्। आमा समूह, महिला स्वास्थ्य स्वयंसेवी र विद्यार्थी गरी १२ जना प्रतिस्पर्धीलाई पछाडि पार्दै अर्याल प्रथम भएकी हुन। उनी चिल्ड्रेन एकेडेमीमा कक्षा ८ मा अध्ययरत छन्।
यसैगरी द्वितीय हुनेमा चिल्ड्रेन एकेडमीका सुलता थापा मगर, तृतीय हुनेमा घण्टे माध्यमिक विद्यालयका प्रणिन विक र सितलादेवी आमा समूहका नन्दकली तिवारीले सान्त्वना भएका हुन्।