नेपाल एसबिआई बैंकद्वारा शैक्षिक सामाग्री तथा पोसाक वितरण
काठमाडौं : नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत शैक्षिक सामग्री तथा पोसाक वितरण गरेको छ।
कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका-३, कैलालीस्थित नेपाल राष्ट्रिय कर्णाली माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि स्कुल ब्याग, शैक्षिक सामाग्री तथा पोसाक वितरण गरेको छ।
उक्त सामग्रीहरू बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देले नेपाल राष्ट्रिय कर्णाली माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष बसन्ती बलामी र प्रधानाध्यापक, जंग बहादुर तारामीलाई एक कार्यक्रमका बीच हस्तान्तरण गरेका थिए।
सो कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेश कुमार पंडा, प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख कर्जा अधिकृत अर्जुन नेपाल, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत रितेश अर्याल र बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख सन्तोष कुमार भन्डारी र बैंक तथा स्कुल समितिका अन्य पदाधिकारी र शिक्षकहरू समेतको उपस्थिति रहेको थियो ।
बैंकले शिक्षा क्षेत्रमा यस किसिमको कार्यक्रम समय समयमा गर्दै आइरहेको छ। हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ।