कांग्रेस र एमालेको गठबन्धन स्थायित्वका लागि हो, कसैलाई मन्त्री बनाउन होइन : गृहमन्त्री लेखक
धरान : गृहमन्त्री रमेश लेखकले कांग्रेस बलियो भए लोकतन्त्रलाई बलियो हुने दाबी गरेका छन्। शुक्रबार धरानमा 'बिपीका साहित्यक विचारहरु' नामक पुस्तक विमोचन कार्यक्रममा उनले कांग्रेस बिपीको विचारमा हिँडेको बताएका हुन्।
‘कांग्रेस आज सबैभन्दा ठूलो राजनीति दल हो । विगतको निर्वाचन होस् वा अहिलेको उपनिर्वाचनको सन्दर्भमा होस् । जनताको माया र स्नेहले कांग्रेस पहिलो दलका रुपमा स्थापित भएको छ ।जनताको माया र स्नेह कांग्रेसले हमेसा बचाइराख्नुपर्छ’उनले भने।
कांग्रेस र एमाले मिलेर राजनीति समीकरण बनेको भन्दै यसको लक्ष्य भ्रष्टचार नियन्त्रण, विकास र समृद्धि रहेको उनले बताए। ‘त्यस समीकरणको धरातलमा उभिएर संघ र प्रदेशमा सरकार गठन भएका छन् । यो समीकरण कोही मान्छेलाई मन्त्री बनाउन बनेको होइन,’उनले भने, ‘यो स्थायित्वका लागि बनेको हो।’
देशमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिका लागि यो समीकरण बनेको उनको भनाई छ।