मुस्ताङमा १ लाख २९ हजार विदेशी पर्यटक भित्रिए

मुस्ताङमा १ लाख २९ हजार विदेशी पर्यटक भित्रिए
सुन्नुहोस्

जोमसोम : सन् २०२४ को नोभेम्बर महिनासम्म १ लाख २८ हजार ९९१ जना विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेका छन्। मुस्ताङमा विदेशी पर्यटकको आगमन औसत अहिलेसम्मकै उच्च रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापको तथ्यांकले देखाउँछ।

सन् २०२४ समाप्त हुन एक महिना अवधि बाँकी रहँदा सन् २०२३ को विदेशी पर्यटकको तथ्यांकमा २९ दशमलव ९५ प्रतिशतले वृद्धि भएको देखिन्छ। सन् २०२३ मा कुल ९० हजार ३५६ जना विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका थिए। सन् २०२३ को डिसेम्बर महिनामा भित्रिएको पर्यटकीय तथ्यांक ४ हजार ३०८ जना विदेशी पर्यटकलाई निरन्तरता दिने हो भने पनि सन् २०२४ को डिसेम्बरसम्ममा  १ लाख ३३ हजार २२९ जना पुग्नेछ। यो सन् २०२३ को पर्यटकीय तुलनामा पर्यटक वृद्धिदर  ३२ दशमलव २१ प्रतिशत पुग्नेछ।

सन् २०२४ को जनवरीदेखि नोभेम्बर अर्थात ११ महिनामा सार्क राष्ट्रका  १ लाख ३ हजार ८९४ जना र अन्य राष्ट्रका विदेशी पर्यटक २५ हजार ९७ जनाले मुस्ताङ जिल्लाको भ्रमण गरेको एक्याप जोमसोमका कार्यालय प्रमुख प्रमोदराज रेग्मीले जानकारी दिए। कार्यालय प्रमुख रेग्मीका अनुसार सन् २०२३ को जनवरीदेखि डिसेम्बरसम्ममा सार्क राष्ट्रका ७२ हजार १९० जना र अन्य राष्ट्रका  १८ हजार १६६ जना विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका थिए।

मुस्ताङमा सार्क राष्ट्रबाट सबै भन्दा बढी पर्यटक भारतीय रहेको एक्याप जोमसोम कार्यालयको तथ्यांकले देखाउँछ। हिन्दु तथा बौद्ध धर्मालम्बीहरूको साझा धार्मिक स्थल मुक्तिनाथ दर्शनका लागि अत्यधिक मात्रामा भारतीय पर्यटक मुस्ताङ आउने गरेका हुन्। पोखरा-जोमसोम हवाई मार्ग हुँदै र बेनी-जोमसोम राष्ट्रिय सडकमार्ग हुँदै भारतीय पर्यटक मुक्तिनाथ दर्शन गर्न आउने गरेका हुन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथको दर्शन गरी फर्किएसँगै भारतीय पर्यटकको मुक्तिनाथ आगमन बर्सेनि वृद्धि हुँदै जान थालेको हो।

यसैगरी सार्क राष्ट्र बाहेक अन्य मुलुकका विदेशी पर्यटकहरू पनि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको राउण्ड चक्रीय पदमार्ग हुँदै मुस्ताङ प्रवेश गर्छन्। लमजुङको बेसी सहरदेखि मनाङ हुँदै मुस्ताङ प्रवेश गर्ने अन्य मुलुकका विदेशीले गर्दा मुस्ताङमा  विदेशी पर्यटक चहलपहल बढेको हो। सन् २०२४को जनवरीदेखि नोभेम्बरसम्ममा  कुल भित्रिएका विदेशी पर्यटक मध्ये ७६ प्रतिशत सार्क र २४ प्रतिशत अन्य मुलुकका विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.